kumari
stcnepal

माधव नेपाल कुन हैसियतमा प्रधानमन्त्री बन्ने ?

काठमाडौ । सत्ता गुमाएको नेपाली कांग्रेसले सत्तामा पुग्नका लागि एकै पटक दुई डुँगामा खुट्टा राखेको छ । एउटा डुँगामा माधव नेपाललाई राखेको छ भने अर्को डुँगामा नेकपा एमालेलाई राखेर वर्तमान सत्ता गठबन्धन भत्काउन लागि परेको छ ।

माधव नेपाललाई प्रधानमन्त्री बनाएरै भएपनि पुष्पकमल दाहाल नेतृत्वको सरकार भत्काउन कांग्रेस लागि परेको भएपनि अवस्था भने त्यति सजिलो रहेको छैन । नेपाली कांग्रेसका ८९, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्ति (रेशम चौधरी) पक्षमा र राष्ट्रिय जनमोर्चाका चीत्र बहादुर केसी गरि १ सय ३९ सांसद पुग्ने र केही स्वतन्त्र सांसदले समेत कांग्रेसलाई सहयोग गर्ने कांग्रेसले विश्वास गरेको हुनाले कांग्रेस अहिलेको सत्ता गठबन्धन भत्काउन चाहिरहेको छ ।

कांग्रेसले एमाले, माओवादी र रास्वपाका विनैको सरकार बनाउने रणनीति लिएको छ भने उक्त रणनीति असफल भएमा नेकपा एमालेसँग सहकार्य गरेर सत्तामा पुग्ने अर्को रणनीति समेत लिएको छ । नेपाली कांग्रेसका सभापतिले माधव नेपाललाई अघि सारेर अघि बढ्न चाहिरहेका भएपनि कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला लगायतका नेताहरु भने अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने अडानमा रहेका छन् ।

एकीकृत समाजवादीका संघीय संसदमा १० सिट मात्र रहेको र माधव नेपाललाई प्रधानमन्त्री बनाउन निकै जटिल अवस्था रहेको एकीकृत समाजवादी पार्टी, राष्ट्रिय पार्टी समेत नभएकाले गर्दा सम्वैधानिक संकट आउने कोइराला पक्षको बुझाई रहेको छ । माधव नेपालको संसदमा हैसियत स्वतन्त्र रहेकाले गर्दा नेपाल अहिलेकै अवस्थामा प्रधानमन्त्री बन्न निकै जटिल अवस्था रहेको छ ।

सभापति देउवा भने माधव नेपाललाई केही समय प्रधानमन्त्री बनाएर त्यसपछि आफू प्रधानमन्त्री बन्ने रणनीतिमा लागेका छन् । यो रणनीति असफल भएको खण्डमा उनी एमालेसँग सत्ता गठबन्ध गर्न तयार रहेको सूत्रले दाबी गरेको छ । नेपाल कुन हैसियतमा प्रधानमन्त्री बन्ने भन्ने प्रश्न समेत अहिले उठेको छ ।

footer