kumari
stcnepal

माधव नेपालको बार्गेनिङ्गले जसपा विभाजित

काठमाडौ । राजनीतिक दलहरु विभाजन हुन कुनै आधार चाहिँदैन तर पछिल्लो समयमा सत्तामा नै रहेर सत्ताको विरोध गर्दै अर्को गठबन्धन बनाउन लागि परेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव लागि परेको कारण देखाउँदै जसपा नेपाल विभाजित भएको छ ।

अहिले नेकपा एमाले सहितको माओवादीसँगको गठबन्धनमा रहेको एकीकृत समाजवादी र जसपा नेपालले संघीय संसदको प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग गठबन्धन गरेर आलोपालो प्रधानमन्त्री बन्ने उदेश्यले सत्ता गठबन्धनलाई भत्काउने खेलमा माधव नेपाल र उपेन्द्र यादव लागेका हुनाले हालको सत्ता गठबन्धनलाई कायम राख्नकै लागि जसपाका नेता अशोक राईको नेतृत्वमा जसपा विभाजित भएको छ ।

जसपाका संघीय संसदमा १२ सांसद रहेका छन् भने मधेश प्रदेशमा जसपाकै नेतृत्वमा गठबन्धनको सरकार रहेको छ । जसपा विभाजित भएको अहिलेको अवस्थामा अब मधेश प्रदेशमा समेत जसपाले सरकार गुमाउनुपर्ने अवस्था देखिएको छ ।

नेपाली कांग्रेसले जसरी पनि अहिलेको सत्ता गठबन्धनलाई भत्काउन चाहेको र उसलाई आवश्यक पर्ने संख्यामा नेपाली कांग्रेसका ८९, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतको ६ नागरिक उन्मुक्तिका ४, लोसपा ४ र जनमत पार्टीका ६ सांसद जोड्दा सरकार बनाउन आवश्यक संख्या पुग्ने भएकाले कांग्रेस, एकीकृत समाजवादी र जसपाका उपेन्द्र यादव लागि परेका थिए ।

यदि त्यसो भएमा जनमोर्चाका १ र दुई स्वतन्त्र सांसदले उनीहरुलाई समर्थन गर्न सक्ने आंकलन कांग्रेसले गरेको थियो । यदि त्यसो भएमा कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आलोपालो प्रधानमन्त्री बने उनीहरु बीचमा सहमति भएकाले गर्दा नै जसपा विभाजित भएको रहस्य खुलेको छ । जसपा र जनमत पार्टी एउटै कित्तामा उभिन सक्ने अवस्था नदेखिएको भएपनि उनीहरुलाई मिलाउने जिम्मेवारी माधव नेपालले लिएको जसपा नेपालका नेताले बताएका छन् ।

तर जसपाका १२ सांसद मध्येका ७ सांसदले विद्रोह गरि जनता समाजवादी पार्टी निर्माण गरेका हुनाले अब नयाँ सत्ता समिकरण बन्न सक्ने अवस्था अहिलेलाई टरेको छ । नयाँ बनेको जसपाले अहिलेको नेकपा एमाले सहतिको माओवादी र रास्वपाको सत्ता गठबन्धनलाई नै सहयोग गर्ने उद्घोष गरिसकेको हुनाले पुष्पकमल दाहाल नेतृत्वको गठबन्धनको सरकार अहिलेको लागि संकटमुक्त भएको छ ।

नेकपा एमाले सहितको गठबन्धनको सरकारमा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१ र जसपाका ७ गरि १ सय ३८ सांसदको समर्थन रहेको र नागरिक उन्मुक्ति पार्टीका २ र दुई स्वतन्त्र सांसदले समर्थन गर्ने भएकाले सरकारको पक्षमा १ सय ४२ सांसदको समर्थन रहने प्रायः निश्चित रहेकाले गर्दा सरकार हालका लागि संकटमुक्त भएको छ ।

माधव नेपाल अहिलेकै अवस्थामा जसरी भएपनि प्रधानमन्त्री बन्न चाहेकाले गर्दा र उनी कांग्रेसको सहयोगीका रुपमा सरकारमै रहेर काम गरिरहेकाले गर्दा अब एकीकृत समाजवादी र जसपा नेपालको सहयोग र समर्थन विनै पनि दाहाल सरकारलाई बहुमत पुग्ने भएकाले गर्दा माधव नेपालको वार्गेनिङ्ग पावर समाप्त मात्र भएको छैन एकीकृत समाजवादी पार्टी समेत विभाजन हुन सक्ने अवस्थामा पुगेको छ ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टीका १९ सांसद रहेका र अहिले जनता समाजवादीकै नेतृत्वमा सरकार रहेको भएपनि १९ मध्येका ९ जना प्रदेश सांसद अशोक राईले नेतृत्व गरेको जसपामा आउने भएपछि जसपा नेपालले मधेश प्रदेशमा समेत सरकार गुमाउनुपर्ने अवस्था देखिएको छ । अर्कोतर्फ कांग्रेस सभापति शेरबहादुर देउवा, माधव नेपाल र उपेन्द्र यादव आलोपालो प्रधानमन्त्री बन्ने सपना अहिलेको लागि चकनाचुर भएको जस्तो देखिएको छ ।

 

footer