kumari
stcnepal

जसपा विभाजनको असर एकीकृत समाजवादीमा पनि

काठमाडौ । पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि नै माधव नेपाललाई छटपटी बढेको थियो । पुरानो गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी सहितका दलहरु सहभागि भएका र उक्त गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएनुसा पहिला पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका र उनले दुई वर्षसम्म प्रधानमन्त्री बने त्यसपछि एक वर्ष माधव नेपाल र अन्तिम २ वर्ष देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो भनेका थिए तर त्यो विषय सार्वजनिक भएको थिएन ।

२०७९ फागुन २१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर फेरी नेकपा एमाले सहितका रास्वपा लगायतको गठबन्धन बनाएपछि एकीकृत समाजवादी पार्टी सरकारमा सहभागि भएको थियो । तर, माधव नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको थिएन तर पनि माधव नेपालले पहिलाकै सहमति अनुसार आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान लिँदै आएका थिए तर त्यसमा नेकपा एमालेका अध्यक्ष केपीओलीको सहमति थिएन तर पनि सरकारमै रहेर पनि माधव नेपालले वार्गेनिङ्ग पावर बढाउँदै लगेको र आफूले सरकार छाडे जसपा नेपालले पनि मधेश प्रदेशको सरकार बचाउन सरकार छोड्छ भन्दै आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै वार्गेनिङ्ग पावर बढाउँदै लगेपछि नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाले बैकल्पिक बाटो खोजिरहेका थिए ।

वैशाख २२ गते जसपा नेकपा विभाजित भएपछि माधव नेपालको बार्गेनिङ्ग पावर समाप्त भएको छ । अब दाहाल सरकारलाई बचाई राख्न र माधव नेपालको घुर्की सुन्न दाहाल ओली बाध्य भएका छैनन् । उनको पार्टी बेगरै सरकारलाई सामान्य बहुमत पुग्ने निश्चित भएको छ । जसमा नेकपा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१ र जसपाका ७ गरी १ सय ३८ सांसदको सरकारलाई समर्थन रहने भएको छ भने नागरिक उन्मुक्ति पार्टीका ४ र केही स्वतन्त्र सांसदले समेत सरकारलाई समर्थन गर्न सक्ने भएकाले गर्दा उपेन्द्र यादवको उपप्रधानमन्त्री पद नै संकटमा परेको छ । किनकि उपेन्द्र यादवले नेतृत्व गरेको जसपा नेपाल विभाजित भएको छ । अशोक राईले नेतृत्व गरेको जसपामा जसपा नेपालका १२ सांसद मध्येका संघीय सांसदहरु ७ जना राई नेतृत्वको जसपामा गएका छन् भने उपेन्द्र यादवको पक्षमा ५ जना मात्र रहेका छन् । मधेशवादी दलहरु मध्येको ठुलो पार्टी भएको जसपा नेपाल अब जनमत पार्टी भन्दा सानो पार्टी भएको छ । जनमत पार्टीका संघीय संसदमा ६ जना सांसद रहेका छन् भने जसपा नेपालका ५ जना मात्र सांसद रहेका छन् त्यसैगरी लोसपाका ४ सांसद रहेका छन् ।

जसपा नेपाल पटक पटक विभाजित हुँदै आएको छ । मधेश प्रदेशमा जसपा नेपालका १९ सांसद रहेका हुनाले जसपा नेपालकै नेतृत्वमा सरकार रहेको भएपनि १९ मध्येका ९ सांसद अशोक राईको नेतृत्वको जसपामा आउने भएकाले गर्दा मधेशमा समेत जसपा नेपालले सरकार गुमाउनु पर्ने अवस्था देखिएको छ । जसपा नेपालको विभाजनको असर एकीकृत समाजवादीमा समेत पर्न सक्ने आंकलन राजनीतिक बृत्तमा चर्चाको विषय बनेको छ ।

एकीकृत समाजवादी भित्र पनि सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधव नेपालबीचमा अहिलेको सरकारका बारेमा फरक धारणा आएकाले गर्दा एकीकृत समाजवादी पनि विभाजित हुन सक्ने सम्भावन बढेर गएको छ । यदि त्यसो भएमा माधव नेपाल पक्षमा ४ जना, राजेन्द्र पाण्डे, मेटमणि चौधरी, किसान श्रेष्ठ, माधव तिर र बाँकी रहेका खनाल पक्षमा लाग्न सक्ने सम्भावना बढेकाले गर्दा माधव नेपालको प्रधानमन्त्री बन्ने सपना अहिलेका लागि समाप्त भएको छ ।

footer