kumari
stcnepal

लोकतन्त्र पनि वाँदरको हातमा नरिवल

देवेन्द्र चुडाल ।
यति वेला हामी कहाँ राजनिति माथी राजनितिक दलको सत्ता रहेको छ । लोकतन्त्रको सट्टा दलतन्त्रको रुपमा सरकार सञ्चालन भएको छ । दलतन्त्रको रुपमा सत्ताचलाउने दलहरु भीत्र अनेक गुट उपटगुटहरु रहेका छन् । दलहरुमा आन्तरिक लोकतन्त्र प्राय शुन्य रहेकै कारण गुट उपगुटहरुले प्रसय पाउदै आएका छन् । मुलुकका ठूला भनिएका राजनितिक दलहरु भीत्र रहेका गुट उपगुटहरु कै कारण दलगत स्वार्थ र गुटगत स्वार्थका लागि निर्णयहरु गरीदै आएका छन् । एउटै पार्टीभीत्र पनि एकमत नहुन र गुटगत स्वार्थले प्रसय पाएको हुनाले लोकतन्त्रलाई नै विकृत अवस्थामा पु¥याईएको छ । दलिय व्यवस्थामा दलतन्त्र गुटगत तन्त्र अन्त्य नभएमा मुलुकको विकास हुन सक्ने सम्भावना नै देखिदैन । दलगत स्वार्थका लागि आफुभन्दा पहिलाको सरकारले गरेका निर्णयहरुलाई पछि आउने सरकारले स्वीकार गर्न सकिरहेको देखिदैन ।

त्यसको एउटै कारण हो दलगत स्वार्थ । गुटगत स्वार्थले पार्टीलाई मात्र होइन मुलुकलाई नै ठूलो प्रभाव पारिरहेको छ । राजनिति भनेको सबै भन्दा उत्तम निति भएपनि त्यसलाई राज + निति वनाईएको छ । पार्टीको नेतृत्व कर्ताले आफ्नै पार्टीलाई राम्रो सँग सञ्चालन गर्न नसकेका हुनाले कार्यकर्ताहरु अराजनितिककरण तर्फ उन्मुख हुदै गएका छन् । प्रत्येक राजनितिक दलहरु भीत्र चीरा परेका छन् । दलहरुमा समेत कुनै राजनितिक संरचना नै छैनन् । दलहरुको नेतृत्वकर्ताले राजनितिक सत्तालाई आफ्नो स्वार्थ र आफ्ना गुटको हितका लागि प्रयोग गरीरहेका हुनाले आम नागरिकले राजनिति दलका नेताहरुलाई गालि गरीरहेका छन् । जनताको नजरमा नेताहरु व्यक्तिगत स्वार्थ र आफ्नो परिवारको स्वार्थमा लिप्त भएको आरोप लगाउदै आएका छन् ।

 

मंसिर महिनामा नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी र सत्ताको नेतृत्वकर्ता पार्टी नेपाली काग्रेसका महाधिवेशन सम्पन्न भएका छन् भने सत्ताको दोस्रो ठूलो घटक माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पनि यहि पुष महिनामा सम्पन्न हुने भएको छ । राजनितिक दलका महाधिवेशनहरुले मुलुकभरवाट महाधिवेशन जम्मा भएका आआफ्ना प्रतिनिधिहरुलाई पार्टीको विचार सिद्धान्त र निति तथा कार्यक्रमका वारेमा जानकारी गराएर उनीहरुले दिएका सुझावलाई समेत समावेश गरेर निति तथा कार्यक्रम र सिद्धान्तका बारेमा जानकारी दिनुपर्नेमा कुनै पनि राजनितिक दलले निति तथा कार्यक्रमका बारेका महाधिवेशन एक शब्द पनि उठाएनन् ।

अर्थात् दलहरुले आफ्नो दलको निति तथा कार्यक्रम सिद्धान्तलाई रद्धीको टोकरीमा नै फालिदिएका छन् । राजनितिक दलहरुका निति तथा कार्यक्रम सिद्धान्तलाई राम्रो सग जनतामा पु¥याउने दायित्व कार्यकर्ताहरुकै भएपनि कार्यकत्ताहरुले नै निति तथा कार्यक्रमका बारेका जानकारी पाउन सकेको देखिएन । बहुदलिय व्यवस्थामा जुन दलको निति तथा कार्यक्रम र सिद्धान्त जनतालाई राम्रो लाग्छ त्यही दललाई सहयोग गर्न सक्छ । काग्रेस जस्तो पुरानो र आफुलाई लोकतन्त्र मसीया ठान्ने पार्टीले समेत आफ्नो महाधिवेशनमा निति तथा कार्यक्रम र सिद्धान्त वारेका एक शव्द सम्म नउठाउनुले प्रष्ठ हुन्छ उ समेत अब जनतालाई देखाउनैका लागि र सम्बैधानीक व्यवस्थानुसार पार्टीको वैधानिकता जोगाउन कै लागि मात्र उस्ले महाधिवेशन गरेको हो भनेर ।

काग्रेसले वृहतरुपममा गर्नुपर्ने राजनितिक महाधिवेशनलाई विधान महाधिवेशन र नेतृत्व छनोट महाधिवेशनमा वाडेर सम्पन्न गर्दै छ । नेकपा एमालेले समेत विधान महाधिवेशन र नेतृत्व छनोट महाधिवेशन भनेर महाधिवेशनलाई दुई भागमा वाडेको छ । सम्बैधानिक व्यवस्था अनुसार सबै दलले चारवर्ष भीत्रमा सम्पन्न गरी सक्नु पर्ने महाधिवेशनको कर्मकाण्डी पुरा गरेका छन् । विधान महाधिवेशनले गरेका निर्णयहरु नेतृत्व छनोटका लागि भएका महाधिवेशनले परिवर्तन गर्न सक्ने भएपछि विधान महाधिवेशनको अर्थ नै के रह््यो र ? दलहरुका महाधिवेशनमा एमाले, काग्रेस र अब सम्पन्न हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा पनि राजकीय संस्थालाई नियन्त्रणमा राख्न सक्ने स्रोत साधन र राज्य नै कव्जामा राख्ने लडाईमा मात्र लागेका छन् ।

काग्रेसको महाधिवेशनमा नै गुटगत स्वार्थका लागि फलानालाई राष्ट्रपति, फलानालाई उपराष्ट्रपति फलानालाई प्रधानमन्त्री भन्दै राष्ट्रपति जस्तो संस्थालाई विवादको घेरामा ल्याइयो । राष्ट्रपति व्यक्ति नभएर एउटा संस्था भएकाले त्यो संस्थालाई विवादमा ल्याउने काम सत्ताधारी दल त्यस्मा पनि सत्ताको नेतृत्वकर्तावाटै हुनु राज्य कब्जाकै उद्घोष होईन र ?यस्तो खालको नियन्त्रण र लडाईका लागि जनमुखी विचार र रुपान्तरणकारी नेतृत्व चाहिदैन ।अब त्यस्मा धेरै भन्दा धेरै अराजनितिक भिडको आवश्यकता पर्दछ । आन्तरिक लोकतन्त्रलाई ध्वज्जी उडाउदै दलहरु सञ्चालित हुनु भनेको अराजनितिक भीड भिडतन्त्रलाई प्रसय दिन प्रसय दिनु वाहेक अन्य केही हुन सक्दैन ।

लोकतान्त्रिक व्यवस्थामा सबैदलहरु एक भएर मुलुकमा उत्पन्न भएका समस्याहरु समाधान गरी जनतालाई आवश्यक पर्ने सेवा सुविधा उपलव्ध गराउनु सरकारको पहिलो कर्तव्य हो तर पछिल्लो समयमा मुलुकका ठूला भनिएका राजनिति दलहरु एकले अर्कोलाई गालि गर्नेमा व्यस्त रहेका छन् । सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेस कै नेताहरुले सघीय संसदको प्रमुख विपक्षी दललाई गालिका वर्ष गरीरहेका छन् भने प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो असफलता र अर्कमण्यता लुकाउनको लागि आफु असफल भए फेरी केपी ओली नै सत्तामा आउने भन्दै आफै पार्टीका नेताहरुलाई धम्कीको भाषा प्रयोग गरी रहेका छन् । पछिल्लो अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगानी वजारलाई पूर्जीपतिहरुको कमाउने थलो भन्दै गालि गरीरहेका हुनाले सेयर बजारमा व्यापक ह्रास आएको छ । सेयर बजारमा ह्रास आउदा सरकारको आम्दानी पनि घट्छ भन्ने हेक्का दाहाललाई नभएको त पक्कै होइन होला आफ्नै पार्टीका नेता अर्थमन्त्री रहेका र अर्थमन्त्रीले आर्थिक अवस्थाका बारेमा समेत केही भ्रमहरु सिर्जना गरेका हुनाले अर्थतन्त्रमा संकट देखिएको छ ।

पूजीगत लगानी घटेका हुनाले सर्वसाधरण जनताले वैक ऋण सुविधा सम्म पाउन सकेका छैनन् । बैकहरु ऋण उपलब्ध गराउन नसक्ने अवस्थामा पुगेका छन् । राष्ट्र बैक र अर्थमन्त्रालय अनि अर्थमन्त्रीको एउटै बोली हुनुपर्नेमा यी तिनै निकायका व्यक्तिहरु अलग अलग वोली वोलिरहेका हुनाले पनि सेयर बजारमा ह्रास आएको सेयर विश्लेषकहरुले वताउदै आएका छन् । डा. वावुराम भट्टराई अर्थमन्त्री भएका वेला सेयर बजारलाई जुवाको खाल भन्ने अभिव्यक्ति दिएका थिए । पछि उनै भट्टराई प्रधानमन्त्री बन्ने त्यसवेला उनले अर्थतन्त्रलाई सुधार गर्ने कुनै योजना र कार्यक्रम ल्याउन समेत सकेनन् ।

अहिले आफ्नै पार्टीका नेता अर्थमन्त्री भएका वेला दाहालले समेत अर्थतन्त्रका वारेमा नकारात्मक टिप्पणी गरेका छन् । यहि कारणहरुले गर्दा प्रष्ठ हुन्छ माओवादी केन्द्रका अध्यक्ष सहित उनको पार्टीका नेताहरु मुलुकको हितमा भन्दा आफ्नो पार्टीको हित जनतालाई भड्काएर आफु सत्तामा पुग्न चाहिरहेका जस्तो देखिएको छ ।
राष्ट्रपतिले अस्ती मंसीर २५ गते संघीय संसदको अधिवेशन आहाव गरेकी छन् । राष्ट्रपतिको अह्वान अनुसार संसदको वैठक चलेको छ । सरकारले केही अध्यादेश ससदमा पेश गरेका छ तर ससदको प्रमुख विपक्षी दललाई साथमा लिन नसकेको समस्या समाधान हुन सकेको छैन । सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल वार र सर्वोच्च वारले लामो समयदेखि विरोधका कार्यक्रमहरु गरीरहेका छन् । सर्वोच्च अदालत परिषद भीत्रै धर्ना र विरोध कार्यक्रमहरु दिनहुँ भईरहेका छन् । न्यायालयभीत्रको संकट समाधान गर्न संसदमा छलफल र वहस हुन सक्ने सम्भावना न्यून रहेको छ । अदालत अदालत जस्तो हुन नसकेको ,सरकार सरकार जस्तो नदेखिएको, ससद ससद जस्तो नभएकोले गर्दा लोकतान्त्रिक भनिने व्यवस्था पनि हाम्रा राजनितिक दलहरुका लागि वादरको हातमा नरिवल जस्तै भएको त होईन भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

संविधान ऐन कानुनले बन्देज गरेका कुराहरुलाई सत्ताधारी दलले नै उल्घन गर्दै आफ्नो पार्टीको महाधिवेशनमा शिक्षक, कर्मचारी र प्रध्यापकहरुलाई आफ्नो पार्टीको महाधिवेशन प्रतिनिधि वनाएको छ । निर्वाचन आयोगले त्यस विषयमा राजनितिक दलहरुलाई निकै पहिला नै सजग गराएर शिक्षक कर्मचारी र प्रध्यापकहरुलाई राजनितिक दलहरुलाई सदस्य नवनाउन निर्देशन दिएको थियो । तर आयोगका निर्देशनलाई सत्ताधारी दलले धोती लगाईदिएपछि सर्वोच्च अदालतले समेत अन्तरिम आदेश जारी गर्दै शिक्षक कर्मचारी र प्रध्यापकहरुलाई सदस्य नवनाउन राजनितिक दलहरुलाई आदेश दियो तर अदालतको त्यो आदेश समेत पालना भएन । काग्रेस ,एमाले र माओवादी केन्द्रले शिक्षक, कर्मचारी र प्रध्यापकहरुलाई महाधिवेशन प्रतिनिधि मात्र वनाएनन् कतिपय सरकारी कर्मचारी र प्रध्यापकहरु पदाधिकारीहरुमा नै निर्वाचित भएका छन् । यसरी राजनितिक दल र सरकारले नै अदालतको आदेश र निर्वाचन आयोगको ,निर्देशनलाई उल्लघन गर्दै संविधान ऐन कानुनको पालना नगर्ने प्रवृति बढेको हुनाले लोकतन्त्र पनि राजनितिक दलहरुको लागि कमाई खाने भाडो र वाँदरको हातमा नरिवल जस्तै मात्र वनाईएको छ । अदालतले दिएको आदेशलाई सत्ताधारीदहरु वाटै उल्लघन हुनुले सत्ताधारी दलहरु संविधान ऐन कानुन र अदालत भन्दा माथी रहेको प्रमाणित हुदैन र ?
पाँच दलिय गठवन्धन, त्यस्को नेतृत्वकर्ता र प्रधानमन्त्री समेत रहेका शेरवहादुर देउवा नेतृत्वको सरकारले संविधान ऐन कानुनको पालना गराउने दायित्वलाई विर्सिएर पार्टी र व्यक्तिगत स्वार्थका लागि ऐन कानुनको खिल्ली उडाएको हुनाले नै प्रधानन्यायाधिश राणाले आफुलाई सम्बैधानिक परिषद र संसदलाई च्यालेन्ज दिईरहेका छन् । तिनै राणाको नेतृत्वमा बसेको सम्बैधानिक इजालसको आदेश अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । गत असार २८ गते सम्बैधानिक इजालसले २८ घण्टाभीत्रमा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

पाँच दलिय गठबन्धनले त्यस वेला प्रधानन्यायाधिश राणालाई भागबण्डा गरेर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको विस्तारै पुष्ठी हुदै गएको छ । प्रधानन्यायाधिश राणाले आफुलाई हटाउन खोजेको खण्डमा परमादेश जारी हुनुपूर्व आफु र पाँच दलिय गठवन्धनका नेताहरु बीच भएको गोप्य वार्ताको पर्दाफास गरिदिने भन्ने उद्घोष गरेपछि प्रधानमन्त्री देउवा र पाँच दलिय गठवन्धनका नेताहरुको मुखमा बुझो लागेको छ ।

यसरी संविधानको अन्तिम व्याख्या गर्ने अधिकार पाएको मुलुककै सर्वोच्च अदालत कै प्रमुखलाई आफ्नो हातमा लिन सफल भएको पाँच दलिय गठवन्धन र सत्तामा रहेका प्राय सबै दलले संविधान ऐन कानुनको उल्लघन गर्दा के सर्वोच्च अदालतले उनीहरुलाई कानुनी दायरामा ल्याउन सक्ला त ? संवैधानिक परिषदले विभिन्न सम्बैधानिक निकायहरुमा नियुक्ती को लागि सिफारिस गरेपछि कर्मकाण्डी पु¥याउनको लागि ससदीय सुनुवाई समिति वनाईएको छ । तर सो समितिमा पनि सत्ताधारी दल कै बहुमत रहेकोले गर्दा सो समितिले दलहरुले भनेअनुसार सहमति र असहमति जनाउने वाहेक अन्य कुनै कार्य गर्न नसक्ने भएकोले सो समिति पनि कर्मकाण्डी कै लागि मात्र बनाईएको हो भन्नेमा अब कुनै दुविधा रहेन । माथी उल्लेखित यी सबै कुराहरुवाट प्रष्ठ हुन्छ २१ औँ शताव्दीको लोकतन्त्र पनि नेपाली जनताको लागि बादरको हातमा नरिवल जस्तो मात्र भएको छ भनेर ।

 

footer