kumari
stcnepal

जनताले भुस्याह कुकुर जन्मे जसरी जन्मन र मर्नुपर्ने किन ?

राजन कार्की
जनयुद्ध भयो, जनआन्दोलन पनि भयो, परिवर्तन आयो । देश कमजोर भयो, जनता निसहाय अनुभव गर्न थाले । यस्तै हुन्छ परिवर्तन् ?मर्न त सबै मर्छन्, मै हुँ भन्ने गिलोटिनमा राख्दै मान्छे काट्दै गर्ने हिटलरजस्ता तानाशाहले पनि अन्ततः आत्महत्या गर्नुप¥यो । यो ऐतिहासिक घटना हाम्रा लोकतन्त्रवादीका नाममा निरङ्कुशतन्त्र चलाउनेहरुले किन बिर्सेका ?

परिवर्तनले ल्याउने खुशहाली, सन्तोष र अग्रगमन हो । हाम्रो परिवर्तनले १५ वर्षमा जे दियो, देखायो, बितण्डतामात्र देखायो । नेता र तिनका परिवार अथवा वरिपरिका बाहेक कोही पनि खुशी भएनन्, कोही पनि सन्तोष गर्दैनन् । यस्तो परिवर्तन भनेको अर्को आँधी आउनु अघिको सन्नाटा हो, यो बैधानिक शासन अथवा लोकतन्त्र हुँदै होइन ।

प्रसङ् २०६२ साल वैशाख २५ गते सम्पन्न ७ दलको प्रतिवद्धताको । यही प्रतिवद्धतापछि यी दलहरु दिलली पुगे अनि २०६२ साल मंसिर ७ गते सात दल र माओवादीवीच दिल्लीले यिनलाई १२ बुँदे सम्झौता पत्रमा सही गराइदियो । यसपछि आन्दोलन चर्कियो र २०६३ साल वैशाख ११ गते राजा र राजनीतिक दलहरुबीचको सहमति भयो । त्यही सहमतिले परिवर्तन ल्यायो, संविधानसभा, संविधान र निर्वाचन पनि आयो । तर दिल्ली भन्छ, नेपालमा लोकतन्त्र हामीले ल्याइदियौं । अर्काले ल्याइदिएको लोकतन्त्र भएकाले नेपालीले यो लोकतन्त्रमा केही पनि पाएनन् । नेताका लागि लोकतन्त्र बाँदरलाई नरिवल भयो, लोकका लागि लोकतन्त्र चरालाई बेल पाकेजस्तो हुनगयो ।
लोक कमजोर बने, राष्ट्र कमजोर बनाइयो । जति चिमोटे पनि नेताहरू होस् मै आउँदैनन्, गैंडाका छालाजस्तो संवेदनहीन भएका छन् नेताहरू ।

परिवर्तनले ल्याउने खुशहाली, सन्तोष र अग्रगमन हो । हाम्रो परिवर्तनले १५ वर्षमा जे दियो, देखायो, बितण्डतामात्र देखायो । नेता र तिनका परिवार अथवा वरिपरिका बाहेक कोही पनि खुशी भएनन्, कोही पनि सन्तोष गर्दैनन् । यस्तो परिवर्तन भनेको अर्को आँधी आउनु अघिको सन्नाटा हो, यो बैधानिक शासन अथवा लोकतन्त्र हुँदै होइन ।

भारतले गराएको १२ बुँदे सहमतिकै कारण सर्वहारावाद, समाजवाद, लोकवाद, राष्ट्रवाद सबै सत्ताको गल्लीमा ‘बरेलीकी बजारमे झुम्का गिरा रे’ गीतमा झुमिरहेका छन् । तिनलाई देश र दुनियाँ हेर्ने र विवेक पनि चाहिन्छ भन्ने हेक्का आउँदै आएन ।
यसकारण त नयाँ नेपाल झुल्किन्छ भन्थे, नेताहरुको मुहारमा मात्र झुल्क्यो । गणतन्त्र नेपाली जनताका लागि एउटा कोतपर्वपछि जन्मिएको अर्को जंगबहादुरको राणाशाहीभन्दा भिन्न अर्थमा बुझ्न सकिन्न । जन–जनको प्रश्न छ– के यस्तै हुन्छ गणतन्त्र नेपाल भनेको ? यो समयले उठाएको यक्ष प्रश्न हो ।

कुनै समय थियो, फ्रान्सबाट नेगेटिभ जोर्नल प्रकाशित हुन्थ्यो । त्यो जोर्नलमा कुनै पनि विषयमा नेगेटिभ विचारमात्र आउने गथ्र्यो । तर फ्रान्सका शासकहरुले त्यसलाई पोजटिभ अर्थात् सकारात्मक रुपमा अंगिकार गर्थे ।
वर्तमान नेपालमा राजनीति नेगेटिभमात्र हुने गरेको छ । दुर्भाग्य नेगेटिभ राजनीतिका पोजेटिभ प्रभावहरु शून्य छन् । नेगेटिभको जवाफ नेगेटिभ रुपमा नै दिने गरेपछि परिणाम पोजेटिभ हुने सवाल आएन । राजनीतिले व्यवस्थापन होइन, तिक्तपन बढाइरहेको छ । निर्णायक तत्वहरुले समस्याका जमरा आफ्नै छातीमा उमारिरहेका छन् ।

जुँगा मुसार्ने, बाहुला सुर्कने, तिघ्रा ठटाउने गरेपछि मल्लयुद्ध त हुन्छ–हुन्छ । यही मल्लयुद्ध राजनीतिको महारोग बन्नपुग्यो । सहयात्रा छिन्नभिन्न हुनपग्यो । आजका दिनमा राजनीतिक दलहरुलाई कुन–कुन सम्झौता, प्रतिवद्धता र सहमतिमा सही गरें भन्नेसम्मको स्मरणशक्ति समेत छ जस्तो लाग्दैन ।
पार्टीका अधिवेशन भइरहेका छन्, अधिवेशन अघि र पछि जे देखियो, त्यो भनेको दलभित्र मंगलसेन बलशाली बन्दै गएको देखिनु हो । जनयुद्ध सकियो, लोकतन्त्र आयो रे, कहाँ आयो लोकतन्त्र ? कहाँ छ शान्ति ? कहाँ छ लोकाधिकार र समानता ? जता हेरे पनि अन्याय अन्याय छ, यो जोकतन्त्र हो । इतिहासका अनुसार नेपोलियन बोनापार्टको अध्याय अहंकारको युग बन्यो, जसको कारणले वाटर लूको युध्दमा पराजीत हुनुप¥यो ।

उनी वीर थिए । उनले वीरताको सम्मान त पाए तर उनी सेन्ट हेलेनाको टापुमा घँुडा टेक्नुप¥यो । सेन्ट हेलेनाको त्यो टापुमा बन्दी जीवन बिताउनु परेपछि उनले छोरालाई चिठी लेखे– छोरा, समयलाई चिनेर अघि बढ्नु । मेरा पालामा बन्दूकले सबैलाई बसमा राख्न सकिन्थ्यो । अब समय परिवर्तन भएको छ । तिमीले मानिसको मन, बिचार र भावनालाई बुझ्ने र आफ्नो अवधारणा बुझाउने प्रयत्न गर्नु ।हाम्रा नेताहरु समयको चापलाई सुन्न तैयार छैनन् । नयाँ नेपाल बनाउन अघि सर्नेहरु यसरी कुहिराको काग बन्छन् भन्ने कसले सोचेको थियो ? यिनको दिमाग त खाली खाली रहेछ । भनिन्छ, खाली दिमाग शैतानको घर हो । हामी शैतानको शासनको शासना भोगिरहेका छौं ।
हाम्रा शासक बनेका बर्ग जनयुद्ध र जनआन्दोलनको आगोबाट निस्केका हिरा थिए । यिनलाई किरा बन्न १५ वर्ष पनि लागेन । यी कोहिनुर हिरा थिए, लामकिरा बनेर देश र जनतालाई टल्काउनुको साटो डसिरहेका छन् । जनताका लागि आफूले पालेको कुकुरले आफैलाई टोक्छ भनेको यही हो । हिमालचुली थिए, कुखुराको सुली बन्न पुगे । नेपाल र नेपालीका लागि हामी आवश्यक छौं भनेर कुनै नेताले प्रमाणित गर्न सकेनन् ।

सत्य सावित भयो आचरण नष्ट हुनु भनेको आफै नष्ट हुनु हो । अपराध समानताको नाममा होस् अथवा लोकतन्त्रका नाममा, अपराध नै हुन्छ । देश र समाज परिवर्तन गर्नेहरुले अपराधको बाटो समात्ने गर्दैनन् । राजनीतिक जीवनमा अपराध पस्यो भने उसको जीवन नष्ट समान हो । जो आफै नष्ट छ, उसले समाजलाई के दिन्छ ?
नयाँ नेपाल बनाउने नाममा हैकमवाद, हुकुमवाद, निरङ्कूशतन्त्र चलाउनेहरुको मृत्यु अत्यन्त अमानवीय हुनेगर्छ । समानता र स्वतन्त्रताको हावा चलेको विश्वमा अधिनायकवाद चलाउन खोज्ने जो होस्, त्यो सर्वनाशी हो ।

लेनिनले सोभियत रुसलाई २१ जातीय गणराज्यमा टुक्र्याए । नामिबियामा पनि १० वटा जातीय राज्यहरु घोषणा गरिएका थिए । दक्षिण अफ्रिकामा पनि १० वटा जातीय राज्यहरु थपिएका थिए । कतै जातीय राज्यका दुस्परिणाम भोग्नुपरेको देखिन्छ भने कतै विश्व मान्यता नै नपाई मरेको तथ्याङ्क छ । चीनले बगरे बाँडफाँडतन्त्रको गल्ती गरेन । नेपालमा ७ प्रदेश त बन्यो, जातीय गणराज्यको झगडा शान्त भएको छैन । ती प्रदेशदेखि केन्द्रसम्म सत्ताका लागि हरेक दलका नेताहरु लोकसिद्धान्तलाई नाङ्गेझार पारिरहेछन्, संविधान आफै लाजले भुतुक्कै भइरहेको देखिन्छ । यस्तो छ लोकतन्त्रको कन्तबिजोग ?

४३ प्रतिशत शिक्षित बुझेर मौन छन् । ५७ प्रतिशत साक्षर र निरक्षरहरु नबुझेर मौन छन् । दिनको ७५ रुपियाँमा गुजारा गर्ने ८० प्रतिशत नागरिक नेपालमा मौलाएको अन्तर्राष्ट्रिय राजनीति बुझ्दै बुझ्दैनन् । १९ प्रतिशत अतिगरीवहरु भुस्याह कुकुरका छाउरा जसरी जन्मन्छन् र अकालमा मर्छन् । मूल्याङ्कन–२०६३ साउन–भदौ अङ्कमा पिताम्बर शर्माले जात, जातीय र भाषिक उपस्थितिको विश्लेषण र डा. पुष्पराज कडेलको राज्यको पुनर्संरचना, अर्थराजनीतिक सन्दर्भ र संघीयताको प्रश्न पुस्तकमा राइकरको सिद्धान्त सहितको विश्लेषणात्मक निष्कर्ष छ– ‘अहिलेको आवश्यकता देशमा पार्टी र नेतृत्वको पुनर्संरचना हो’ नेपालमा जुन सम्भव नै हुनसकेन ।

footer