kumari
stcnepal

लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ती पार्टीको नेता फेर्ने प्रयास असफल

बुटवल । नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै पेस भएको निवेदनलाई प्रदेशसभाले मान्यता नदिएपछि दलको नेता फेर्ने निर्णय असफल भएको हो ।

प्रदेशसभाले  उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै रहको उल्लेख छ। दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेको उल्लेख छ । संसदीय दलका नेता धर्मबहादुर चौधरीले यसअघि राजकुमार चौधरी दलको नेता भएको प्रचार गतल भएको बताए। उनले आफू नै संसदीय दलको नेता भएको प्रदेशसभाबाट प्रमाणित भएको समेत खुलाए ।

यसअघि साउन ७ गते संसदीय दलका नेता राजकुमार चौधरी भएको उल्लेख गर्दै समाचार बाहिर आएको थियो ।

footer