विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ती पार्टीको नेता फेर्ने प्रयास असफल

845
shares

बुटवल । नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै पेस भएको निवेदनलाई प्रदेशसभाले मान्यता नदिएपछि दलको नेता फेर्ने निर्णय असफल भएको हो ।

प्रदेशसभाले  उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै रहको उल्लेख छ। दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेको उल्लेख छ । संसदीय दलका नेता धर्मबहादुर चौधरीले यसअघि राजकुमार चौधरी दलको नेता भएको प्रचार गतल भएको बताए। उनले आफू नै संसदीय दलको नेता भएको प्रदेशसभाबाट प्रमाणित भएको समेत खुलाए ।

यसअघि साउन ७ गते संसदीय दलका नेता राजकुमार चौधरी भएको उल्लेख गर्दै समाचार बाहिर आएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports