विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्व खेलकुदको महाकुम्भ ओलम्पिक आज देखी सुरू हुने

1.6K
shares

काठमाडौं । विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिक आजदेखि सुरु हुँदैछ । ३३औँ संस्करणको औपचारिक उद्घाटन आज फ्रान्सको पेरिसमा नेपाली समय अनुसार राति ११ बजे सुरु हुने छ ।

साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ । पेरिस ओलम्पिकले अहिलेसम्मकै फरक उद्घाटन समारोह गर्ने तयारी गरेको छ । विगतमा ओलम्पिकको उद्घाटन समारोह आयोजक सहरको प्रमुख रङ्गशालामा हुन्थ्यो । सो परम्परालाई तोड्दै आयोजकले यसपालि रङ्गशालाको सट्टा पेरिसको सेन नदीको किनारामा उद्घाटन गर्दैछ । उद्घाटन समारोहमा खेलाडीले डुङ्गाबाट सेन नदी र पेरिसबिच दुरी तय गर्ने छन् ।

पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका कुल ३२ खेलमा करिब १० हजार पाँच सय खेलाडीले भाग लिने छन् । यसपालि रुस र बेलारुसको ओलम्पिकमा टिम गेममा सहभागिता रहने छैन । यद्यपि आइओसीले तटस्थ खेलाडीका रूपमा रुसी र बेलारुसका खेलाडीलाई पेरिस ओलम्पिकमा आमन्त्रण गरेको छ ।ओलम्पिककै इतिहासमा पहिलो पटक महिला र पुरुष खेलाडीको सङ्ख्या झन्डै बराबर छ । १२४ वर्षअघि पेरिसमै ओलम्पिक हुँदा यस मेघा इभेन्टमा महिला खेलाडीले पहिलो पटक प्रवेश पाएको थियो । सो समय मात्र २२ महिला खेलाडीले सहभागिता जनाएका थिए । यसै गरी पारालम्पिकमा पनि चार हजार चार सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। खेलका लागि ३० हजार स्वयंसेवक परिचालन गरिने छ । डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुने छन् ।

ओलम्पिकका लागि पेरिसमा मात्र १५ खेल स्थल छन् । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन हुने छ । अन्य खेल पेरिस आसपासका सहरमा हुने छ । १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुने छन् । पेरिस ओलम्पिक आयोजनाको आधिकारिक खर्च अहिले ९.६ बिलियन डलर रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports