विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहालको रवैयाकै कारण कांग्रेस, एमालेको मिलन

715
shares

 

काठमाडौ । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीचमा ७ बुँदे सहमति भए पश्चात् सो सहमति अनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएका छन् भने उनले श्रावण ६ गते संसदबाट दुई तिहाई भन्दा बढी सांसद समर्थन समेत प्राप्त गरिसकेका छन् ।
कांग्रेस, एमालेबीचमा भएको सहमति अनुसार संसदको बाँकी कार्यकालमध्ये पहिलो दुई वर्ष ओली प्रधानमन्त्री रहने छन् भने त्यस पछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै रवैयाका कारण कांग्रेस र एमालेबीचमा साँत बुँदे सहमति भएको र सो सहमति कार्यान्वयन समेत भएको छ जसको कारण केपी ओली प्रधानमन्त्री बनेका हुन् । पुष्पकमल दाहालले पटक पटक कांग्रेस र एमालेलाई खेलाउँदै आफ्नो स्वार्थ पूरा गर्दै आएका थिए ।
२०७९ पुस १० गते नेकपा एमाले सहमतिका अन्य दलहरुको समर्थनमा प्रधानमन्त्री बन्न सफल भएको दाहालले दुई महिना नपुग्नै कांग्रेससँग सहमति गरेर कांग्रेसको समर्थनमा प्रधानमन्त्री रहन सफल भए । कांग्रेससँगको गठबन्धनको दाहाल सरकार झण्डै १४ महिना सञ्चालन भयो त्यसपछि फेरी उनी एमालेकै शरणमा पुगेर एमाले सहितको सरकार सञ्चालन गर्न बाध्य भए ।
कांग्रेस, एमाले संघीय संसदमा पहिलो र दोस्रो ठुलो पार्टी रहेका भएपनि संसदको तेस्रो ठुलो पार्टी रहेको माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले आफू राजनीतिमा रहिञ्जेल उथलपुथल गरिरहने उद्घोष गरेपछि कांग्रेस र एमालेबीचमा कांग्रेस र एमाले मिलेर सरकार बनाउने प्रयास जारी रहेको थियो । कांग्रेस र एमाले दुवै दललाई दाहालले खेलाउँदै आएका र आफ्नो पार्टीको समर्थन विना कसैले सरकार निर्माण गर्न नसक्ने अभिव्यक्ति दाहालले दिँदै आएकाले गर्दा कांग्रेस र एमाले मिल्न उनीहरुमाथि दवाव बढ्दै गएको थियो त्यसैको परिणाम हो कांग्रेस एमालेको मिलन ।
कांग्रेस, एमालेबीचमा भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको बुँदा समेत परेको छ । पछिल्लो समयमा संविधानकै कारण केही अप्ठ्याराहरु देखा परेका र प्रदेश सरकारहरुले जथाभावी मन्त्रालयको संख्या बढाउने र मन्त्रीहरुको संख्या समेत थप्ने गरेका हुनाले राज्यमाथि ठुलो भार थुप्रिँदै गएकाले अब संविधानमै प्रदेशका मन्त्रालयहरुको संख्या तोकिनुपर्ने र मन्त्रीहरुको संख्या समेत बढीमा ९ जनाभन्दा बढी राख्न नपाइने व्यवस्था संविधानमै गरिनु उपर्युक्त हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports