kumari
stcnepal

प्रधानमन्त्रीको सूचना प्रविधि विज्ञमा असगर अली नियुत्त

काठमाडौं । सूचनाप्रविधि विद् असगर अली प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञ नियुक्त भएका छन् । उनी अवैतनिक अर्थात् सेवा सुविधा नलिने गरी सचिस्तरको विज्ञ पदमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार अलीले नियुक्ति बुझेर काम थालिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो । २०७४मा ओली प्रधानमन्त्री हुँदा पनि अली सूचना प्रविधि विज्ञ थिए । त्यतिबेला प्रधानमन्त्री कार्यालयमा एक्सन रुम बनाउने, मन्त्रालयहरुको कार्यसम्पदन मूल्यांकन गर्ने प्रणाली विकास गर्ने र नागरिक एप बनाउनेसहितको काममा उनले भूमिका निभाएका थिए । तर, ती प्रविधिहरु प्रयोग गर्ने र सेवा प्रवाहलाई डिजिटल माध्यममा आधारित बनाउन प्रधानमन्त्रीहरूले खासै रुची देखाएका थिएनन् ।

‘अब सरकारी सेवालाई अनलाइनमा आधारित बनाउन र सरकारी प्रणालीहरूलाई अन्तरआवद्ध गर्ने गरी सरकारले गर्नुपर्ने कामबारे उहाँले विज्ञका रूपमा भूमिका खेल्नुहुनेछ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,’प्रविधि र सरकारी सेवा जोड्ने गरी अघि बढेर पनि अलपत्र काम सक्ने प्रधानमन्त्रीको अठोट बमोजिम सरकारले काम गर्छ ।’

 

footer