kumari
stcnepal

मकवानपुरको सिस्नेरीमा सुमो दूर्घटना हुँदा १० घाइते, ३ जनाको अबस्था गम्भीर

हेटौंडा । मकवानपुरको सिस्नेरीमा यात्रुबाहक सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

शनिबार बिहान काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०३६२ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीकाअनुसार सुमो आफै अनियन्त्रित भई सडकको नालामा पल्टिएको हो । दुर्घटनामा सुमो चालकसहित १० जना घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी भण्डारीले बताउनुभयो । घाइतेहरुलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

footer