विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालको महिला टोली काभा बीच भलिबलको फाइनलमा प्रवेश

637
shares

काठमाडौं । नेपाली महिला बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा सहजै पराजित गर्दै उपाधि नजिक पुगेको हो । मनिषा चौधरी र कमला पुनको जोडीले उज्वेकिस्तानलाई २१-१३, २१-१२ ले हरायो । नेपाली टोली समूह चरणमा खेलेको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल पुगेको थियो ।

नेपालको पुरुष टिमले पनि आजै सेमिफाइनल खेल्दैछ । मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगिता सेमिफाइनल र फाइनल खेलहरू पनि आजै हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।

दुई वर्षअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबल प्रतियोगितामा नेपालको पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports