kumari
stcnepal

क्रिकेट संघको विवाद सहमति उन्मुख क्रिकेट प्रशिक्षण सुरु

काठमाडौँ । पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान )र खेलाडीबीच भएको विवाद सहमति उन्मुख भएसँगै आगामी आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपालको प्रशिक्षण सुरु गरेका हुन् । दोस्रोपटक नेपाली टोली हेर्दै गरेका पुबुदुले पहिलो दिन १४ खेलाडीलाई मैदानमा प्रशिक्षण गराए । ६ खेलाडी होटलमा रहँदा नौ खेलाडीले भने पीसीआर नगरेको र भोलिसम्म पीसीआर नेगेटिभ आए प्रशिक्षणमा उपलब्ध हुने जानकारी गराएका छन् ।

यसअघि २९ मंसिरमा क्यानको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोपमा निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त र दुई खेलाडीसहित कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिना २०२२ को सेन्ट्रल कन्ट्रयाक (केन्द्रीय सम्झौता)मा नराख्ने निर्णय लिएको थियो । यस्तै क्यानले नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

 

footer