सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्रिकेट संघको विवाद सहमति उन्मुख क्रिकेट प्रशिक्षण सुरु

455
shares

काठमाडौँ । पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान )र खेलाडीबीच भएको विवाद सहमति उन्मुख भएसँगै आगामी आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपालको प्रशिक्षण सुरु गरेका हुन् । दोस्रोपटक नेपाली टोली हेर्दै गरेका पुबुदुले पहिलो दिन १४ खेलाडीलाई मैदानमा प्रशिक्षण गराए । ६ खेलाडी होटलमा रहँदा नौ खेलाडीले भने पीसीआर नगरेको र भोलिसम्म पीसीआर नेगेटिभ आए प्रशिक्षणमा उपलब्ध हुने जानकारी गराएका छन् ।

यसअघि २९ मंसिरमा क्यानको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोपमा निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त र दुई खेलाडीसहित कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिना २०२२ को सेन्ट्रल कन्ट्रयाक (केन्द्रीय सम्झौता)मा नराख्ने निर्णय लिएको थियो । यस्तै क्यानले नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports