क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा भएको छ।
एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकले गरेको प्रदर्शन जारी रहँदा ओटावाका मेयर जीम वाट्सनले सहर पूर्ण रूपमा नियन्त्रणबाहिर गएको भन्दै आपतकाल घोषणा गरेका हुन्।ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य गर्ने सरकारी नियमपछि राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ नामको प्रदर्शन सुरू भएको थियो।
मेयर वाट्सनले प्रदर्शनकारीले बढ्दो रूपमा असंवेदनशील व्यवहार गरेको बताएका छन्।क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीले बारम्बार हर्न र साइरन बजाउने तथा पटाका पड्काउनेजस्ता काम गरेर त्यसलाई पार्टीजस्तो गरेको आरोप लगाएका छन्।
क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक चालकमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्।सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरू भएको प्रदर्शनमा अन्य मागहरू पनि थपिए पछि आन्दोलनले उग्र रूप लिएको हो।
महानगरको निर्णयपछि अब प्रहरीले कानुन विपरित काम गर्नेलाई नियन्त्रणमा लिने सक्ने भएको छ।