सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्यानाडाको ओटावामा आपतकालीन घोषणा

507
shares

 

क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा भएको छ।

एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकले गरेको प्रदर्शन जारी रहँदा ओटावाका मेयर जीम वाट्सनले सहर पूर्ण रूपमा नियन्त्रणबाहिर गएको भन्दै आपतकाल घोषणा गरेका हुन्।ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य गर्ने सरकारी नियमपछि राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ नामको प्रदर्शन सुरू भएको थियो।

मेयर वाट्सनले प्रदर्शनकारीले बढ्दो रूपमा असंवेदनशील व्यवहार गरेको बताएका छन्।क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीले बारम्बार हर्न र साइरन बजाउने तथा पटाका पड्काउनेजस्ता काम गरेर त्यसलाई पार्टीजस्तो गरेको आरोप लगाएका छन्।

यसैबीच एक विज्ञप्ति निकालेर मेयर वाट्सनले शहरका जनताको सुरक्षाका लागि र शहरलाई पुरानै स्वरूपमा ल्याउन आपतकाल घोषणा गरिएको बताएका छन्।ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडी राखेर अवरोध गर्दै आएका छन्। उनीहरूको आन्दोलनले ट्राफिक व्यवस्था अस्तव्यस्त हुनुका साथै हिंसा र दुर्व्यवहारका घटनासमेत बढ्दै गएको महानगरको निष्कर्ष छ।

क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक चालकमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्।सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरू भएको प्रदर्शनमा अन्य मागहरू पनि थपिए पछि आन्दोलनले उग्र रूप लिएको हो।

महानगरको निर्णयपछि अब प्रहरीले कानुन विपरित काम गर्नेलाई नियन्त्रणमा लिने सक्ने भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports