kumari
stcnepal

नेपाल आईपुग्यो १३ लाख मात्रा कोरोना बिरूद्धको खोप

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा खोप आइपुगेको छ । सोमबार बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।

 

यसअघि नै बेलायत सरकारको सहयोगमै ८ लाख ६२ हजार ८० मात्रा खोप आइसकेको छ । बेलायतको सहयोगमा कोभ्याक्स सुविधामार्फत २१ लाख ७४ हजार १६० मात्रा खोप नेपालमा आइपुगेको हो ।

 

 

 

footer