kumari
stcnepal

संसद भवन वरपरको क्षेत्रमा सुरक्षाकर्मीहरुको तैनाथी बढाइयो

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको छ । संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ ।

नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै आज संसद भवन घेराउ गर्दैछन् ।

 

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले दिनहुँजसो प्रदर्शन गर्दै आएका छन् । माओवादी र समाजवादीका कार्यकर्ताहरुले आज पनि प्रदर्शन गर्ने जनाएका छन् ।एमसीसी संसदबाट अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने निर्णय आज सत्ता गठबन्धनका नेताहरुले गरिसकेका छन् ।

 

 

 

 

footer