kumari
stcnepal

आज रूस र युक्रेन बीच वाताॅ हुने

रुस र युक्रेनका प्रतिनिधिहरू बीच सोमवार वार्ता हुने एक स्रोतलाई उद्धृत गर्दै रुसको सरकारी समाचार संस्था तासले खबर दिएको छ ।

‘वार्ता सरेको हैन । बैठक बिहान बस्नेछ । युक्रेनी प्रतिनिधिमण्डलको बन्दोबस्तीले ढिलाइ भएको हो,’ स्रोतले बताए । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निजी सचिव भ्लादिमिर मेदिन्स्कीले रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।

युक्रेनले बेलारुसको गोमेलमा वार्ता गर्न सहमति जनाएको उनले बताए । त्यसपछि रुसी प्रतिनिधिमण्डल मिन्स्क बाट गोमेल तर्फ गएका छन् ।

वार्ता ठ्याक्कै कहाँ हुँदैछ भनी खुलाइएको छैन ।

एजेन्सी

 

 

footer