kumari
stcnepal

उद्घाटन खेलमा नेपाल भारत सँग खेल्दै : यू-१८ महिला साफ

यू-१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण मंगलबार (आज)बाट भारतको जम्सेदपुरमा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र आयोजक भारत बीच प्रतिस्पर्धा हुनेछ ।

यस पटकको संस्करणमा नेपाल, भारत र बंगलादेश गरी तीन वटा राष्ट्रले भाग लिएका छन् । चैत १० गते सम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुनेछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । तर यसअघिका संस्करणको अनुभव भएका सीमित खेलाडी मात्र टिममा रहेकाले बलिया प्रतिद्वन्द्वीको सामना गर्नु नेपालका लागि चुनौतिपूर्ण नै हुनेछ ।

उमेर समूहको महिला फुटबलको विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले सन् २०१८ देखि यो प्रतियोगिता आयोजना गर्न थालेको हो । पहिलो संस्करणमा नेपालले भारतलाई पेनाल्टी मार्फत जित निकालेको थियो । खेल १-१ बराबरीमा सकिएपछि पेनाल्टीमा नेपाल ३-१ ले विजयी रहृयो । दुई संस्करणको विजेता बंगलादेश सँग भने नेपालले चैत ३ गते खेल्नेछ ।

 

 

 

footer