kumari
stcnepal

नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हरायो

आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनी विरुद्ध २ विकेटले रोमाञ्चक जित हासिल गरेको छ । नेपाल सामु पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ८ विकेट खर्चिएर भेट्टायो ।

यूएईको शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो । पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनु अघि ८२ बलमा सात चौका प्रहार गरे । यस बाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए । ब्याटिङतर्फ नेपालका रोहित पौडेल र आरिफ शेखले अर्धसतक बनाए । यस्तै अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जित सुनिश्चित गराए ।

 

footer