kumari
stcnepal

रुसी मोडल ग्रेटा वेडलरको शव कार भित्र एक सुटकेसमा भेटियो

रुसी मोडल ग्रेटा वेडलरको शव कार भित्र एक सुटकेसमा भेटिएको छ । २३ वर्षकी ग्रेटा करिब वर्ष दिन देखि हराइरहेकी थिइन् तर उनको सोसल अकाउन्ट चलिरहेको थियो । ग्रेटा पहिलो पटक त्यतिबेला चर्चामा आएकी थिइन् जब उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई साइकोप्याथ (मनोरोगी) बताएकी थिइन् । उनको हत्यामा उनको राजनीतिक बयानबाजीको कुनै सम्बन्ध नभएको बताइएको छ ।

फक्स न्युजको रिपोर्ट अनुसार मोडल ग्रेटा वेडलरको हत्या उनकै पूर्व प्रेमी दिमित्री कोरोविनले गरेका थिए । यो कुरा उनले लगभग वर्ष दिनपछि यो कुरा स्वीकार गरेका हुन् । कोरोविनले ग्रेटाको घाँटी थिची हत्या गरे र शवलाई सुटकेसमा राखेर कारको डिक्कीमा राखे । कोरोविनले आफ्नो अपराध कबुल गर्दै ग्रेटा वेडलरलाई ३०० माइल टाढा ड्राइभ गरेर रुसको लिपेट्स्कमा लगेको र त्यहाँ उनले शवलाई सुटकेसमा राखेर गाडीको डिक्कीमा यत्तिकै छोडिदिए ।

दिमित्री कोरोविनले ग्रेटालाई पैसाको विवादमा मारेको बताएका छन् । कोरोविनले अनुसन्धान अधिकारीलाई दिएको जानकारी अनुसार उनी तीन रात सम्म एउटा होटलको कोठामा ग्रेटाको शवसँगै सुतेका थिए । ग्रेटाको मृत्युको पछि कोरोविनले नै उनको सोसल मिडिया पेजमा अपडेट गर्ने गर्दथे । यसो गरेर उनी कतै गायब भएको वा हत्या भएको कसैले पनि शंका नगरोस् भन्ने कोरोविनले चाहना राखेका थिए । अब ग्रेटाका पूर्व–प्रेमी कोरोविनले हत्याको कुरा स्वीकार गरेका छन् । उनले देखाएकै स्थानमा ग्रेटाको शव पनि भेटिएको छ ।

 

 

 

footer