तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रुसी मोडल ग्रेटा वेडलरको शव कार भित्र एक सुटकेसमा भेटियो

416
shares

रुसी मोडल ग्रेटा वेडलरको शव कार भित्र एक सुटकेसमा भेटिएको छ । २३ वर्षकी ग्रेटा करिब वर्ष दिन देखि हराइरहेकी थिइन् तर उनको सोसल अकाउन्ट चलिरहेको थियो । ग्रेटा पहिलो पटक त्यतिबेला चर्चामा आएकी थिइन् जब उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई साइकोप्याथ (मनोरोगी) बताएकी थिइन् । उनको हत्यामा उनको राजनीतिक बयानबाजीको कुनै सम्बन्ध नभएको बताइएको छ ।

फक्स न्युजको रिपोर्ट अनुसार मोडल ग्रेटा वेडलरको हत्या उनकै पूर्व प्रेमी दिमित्री कोरोविनले गरेका थिए । यो कुरा उनले लगभग वर्ष दिनपछि यो कुरा स्वीकार गरेका हुन् । कोरोविनले ग्रेटाको घाँटी थिची हत्या गरे र शवलाई सुटकेसमा राखेर कारको डिक्कीमा राखे । कोरोविनले आफ्नो अपराध कबुल गर्दै ग्रेटा वेडलरलाई ३०० माइल टाढा ड्राइभ गरेर रुसको लिपेट्स्कमा लगेको र त्यहाँ उनले शवलाई सुटकेसमा राखेर गाडीको डिक्कीमा यत्तिकै छोडिदिए ।

दिमित्री कोरोविनले ग्रेटालाई पैसाको विवादमा मारेको बताएका छन् । कोरोविनले अनुसन्धान अधिकारीलाई दिएको जानकारी अनुसार उनी तीन रात सम्म एउटा होटलको कोठामा ग्रेटाको शवसँगै सुतेका थिए । ग्रेटाको मृत्युको पछि कोरोविनले नै उनको सोसल मिडिया पेजमा अपडेट गर्ने गर्दथे । यसो गरेर उनी कतै गायब भएको वा हत्या भएको कसैले पनि शंका नगरोस् भन्ने कोरोविनले चाहना राखेका थिए । अब ग्रेटाका पूर्व–प्रेमी कोरोविनले हत्याको कुरा स्वीकार गरेका छन् । उनले देखाएकै स्थानमा ग्रेटाको शव पनि भेटिएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports