kumari
stcnepal

पाकिस्तानका प्रधानमन्त्री खानलाई कुर्सी बचाउन सकस

पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध संसदमा अविश्वास प्रस्ताव ल्याइने भएपछि राजनीतिक गर्मी बढेको छ ।


सेनाका प्रिय पात्र खानलाई अहिले सेनाले छाडिदिएको बताइन्छ । पाकिस्तानी संसद् नेसनल असेम्ब्लीमा शुक्रवार मतदान हुँदैछ । त्यसअघि इमरान खानले कुनै पनि हालतमा राजीनामा नदिने, बरू विपक्षीहरूलाई आश्चर्यमा पार्ने बताएका छन् । इस्लामाबादमा पत्रकारहरू सँग कुराकानी गर्दै उनले भने, ‘भोटिङको एक दिन अघि म आफ्नो रहस्य खोल्छु । यो मेरो ट्रम्प कार्ड हो जसलाई मैले देखाएकै छैन ।’

नेसनल असेम्ब्लीमा विपक्षी दलहरूले शुक्रवार अविश्वास प्रस्ताव ल्याउँदैछन् । संसद्को नियमअनुसार, प्रस्ताव ल्याएको सात दिन भित्र मतदान गरिसक्नुपर्नेछ । इमरान खानको दल पीटीआईका केही सांसद विद्रोही बनेकाले उनलाई सकस परेको छ । उनले ती सांसदहरूलाई पार्टी बाट निकालेर मतदान गर्न नै नदिने सम्भावना रहेको पनि कतिपय विश्लेषक बताउँछन् ।तर पाकिस्तानका सेना प्रमुख कमर जावेद बाजवालाई खान सँग मोहभंग भएको बताइएको छ । बाजवाले नै खानलाई राजीनामा दिन भनेको पनि बताइन्छ ।

 

 

footer