विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानका प्रधानमन्त्री खानलाई कुर्सी बचाउन सकस

702
shares

पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध संसदमा अविश्वास प्रस्ताव ल्याइने भएपछि राजनीतिक गर्मी बढेको छ ।


सेनाका प्रिय पात्र खानलाई अहिले सेनाले छाडिदिएको बताइन्छ । पाकिस्तानी संसद् नेसनल असेम्ब्लीमा शुक्रवार मतदान हुँदैछ । त्यसअघि इमरान खानले कुनै पनि हालतमा राजीनामा नदिने, बरू विपक्षीहरूलाई आश्चर्यमा पार्ने बताएका छन् । इस्लामाबादमा पत्रकारहरू सँग कुराकानी गर्दै उनले भने, ‘भोटिङको एक दिन अघि म आफ्नो रहस्य खोल्छु । यो मेरो ट्रम्प कार्ड हो जसलाई मैले देखाएकै छैन ।’

नेसनल असेम्ब्लीमा विपक्षी दलहरूले शुक्रवार अविश्वास प्रस्ताव ल्याउँदैछन् । संसद्को नियमअनुसार, प्रस्ताव ल्याएको सात दिन भित्र मतदान गरिसक्नुपर्नेछ । इमरान खानको दल पीटीआईका केही सांसद विद्रोही बनेकाले उनलाई सकस परेको छ । उनले ती सांसदहरूलाई पार्टी बाट निकालेर मतदान गर्न नै नदिने सम्भावना रहेको पनि कतिपय विश्लेषक बताउँछन् ।तर पाकिस्तानका सेना प्रमुख कमर जावेद बाजवालाई खान सँग मोहभंग भएको बताइएको छ । बाजवाले नै खानलाई राजीनामा दिन भनेको पनि बताइन्छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports