kumari
stcnepal

योगी आदित्यनाथ दोस्रो पटक भारतको उत्तर प्रदेशको मुख्यमन्त्री बन्दै

भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा योगी आदित्यनाथले भोलि शुक्रबार फेरि जिम्मेवारी सम्हाल्ने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) को प्रदेश संसदीय दलको नेतामा बिहीबार निर्वाचित भएपछि उनी दोस्रो पटक मुख्यमन्त्री बन्ने सुनिश्चित भएको हो ।


लखनऊमा भाजपाका विधायन सदस्यहरूलाई सम्वोधन गर्दै उनले उत्तर प्रदेशमा पहिलो पटक मुख्यमन्त्रीले पाँच बर्षे कार्यकाल पुरा गरेको चर्चा गर्दै त्यस्तो ऐतिहासिक पात्र आफु हुन पाएकोमा गौरव व्यक्त गरे । उनले पाँच वर्षे कार्यकाल सम्पन्न गरेर दोस्रो कार्यकालको जिम्मेवारी समेत पाउन लागेकाले थप खुशी बनाएको बताए ।

‘मैले र पार्टीले उत्तर प्रदेशमा पाँच बर्षे कार्यकाल सफलतापूर्वक पुरा गरी दोस्रो कार्यकालको पनि जिम्मेवारी पाउनुको मुख्य श्रेय हाम्रो नेतृत्व प्रधानमन्त्री मोदीलाई जान्छ’ उनले भने । हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले कुल ४०३ सिट मध्ये २५५ सिटमा जित हासिल गरेको छ ।

 

 

 

 

 

footer