सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

योगी आदित्यनाथ दोस्रो पटक भारतको उत्तर प्रदेशको मुख्यमन्त्री बन्दै

520
shares

भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा योगी आदित्यनाथले भोलि शुक्रबार फेरि जिम्मेवारी सम्हाल्ने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) को प्रदेश संसदीय दलको नेतामा बिहीबार निर्वाचित भएपछि उनी दोस्रो पटक मुख्यमन्त्री बन्ने सुनिश्चित भएको हो ।


लखनऊमा भाजपाका विधायन सदस्यहरूलाई सम्वोधन गर्दै उनले उत्तर प्रदेशमा पहिलो पटक मुख्यमन्त्रीले पाँच बर्षे कार्यकाल पुरा गरेको चर्चा गर्दै त्यस्तो ऐतिहासिक पात्र आफु हुन पाएकोमा गौरव व्यक्त गरे । उनले पाँच वर्षे कार्यकाल सम्पन्न गरेर दोस्रो कार्यकालको जिम्मेवारी समेत पाउन लागेकाले थप खुशी बनाएको बताए ।

‘मैले र पार्टीले उत्तर प्रदेशमा पाँच बर्षे कार्यकाल सफलतापूर्वक पुरा गरी दोस्रो कार्यकालको पनि जिम्मेवारी पाउनुको मुख्य श्रेय हाम्रो नेतृत्व प्रधानमन्त्री मोदीलाई जान्छ’ उनले भने । हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले कुल ४०३ सिट मध्ये २५५ सिटमा जित हासिल गरेको छ ।

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports