kumari
stcnepal

पाकिस्तानका प्रधानमन्त्री खान बिरूध अबिश्वासको प्रस्ताब संसदमा छलफल हुदै

काठमाडाैं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावको टुंगो आइतबार लाग्दैछ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुने भएको हो । अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछन् ।

३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफले बहुमत गुमाएको थियो । गठबन्धनका केही सांसदहरु सरकारको विपक्षमा उभिएका थिए । त्यस्तै पीटीआईकै सांसदहरूले पनि खान विरुद्ध विद्रोह गरेका थिए ।

प्रधानमन्त्री खानले पद बाट राजीनामा नदिने बरु संघर्ष गरिरहने बताएका थिए । उनले आफूलाई हटाउन देश बाहिर षडयन्त्र रचिएको दाबी गर्दै शान्तिपूर्ण विरोध गर्न आफ्ना समर्थकहरूलाई सडकमा आउन अपील गर्दै आएका छन् । एजेन्सी

 

 

footer