विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानका प्रधानमन्त्री खान बिरूध अबिश्वासको प्रस्ताब संसदमा छलफल हुदै

559
shares

काठमाडाैं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावको टुंगो आइतबार लाग्दैछ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुने भएको हो । अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछन् ।

३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफले बहुमत गुमाएको थियो । गठबन्धनका केही सांसदहरु सरकारको विपक्षमा उभिएका थिए । त्यस्तै पीटीआईकै सांसदहरूले पनि खान विरुद्ध विद्रोह गरेका थिए ।

प्रधानमन्त्री खानले पद बाट राजीनामा नदिने बरु संघर्ष गरिरहने बताएका थिए । उनले आफूलाई हटाउन देश बाहिर षडयन्त्र रचिएको दाबी गर्दै शान्तिपूर्ण विरोध गर्न आफ्ना समर्थकहरूलाई सडकमा आउन अपील गर्दै आएका छन् । एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports