kumari
stcnepal

श्रीलंकाका गभर्नरले पनि दिए पदबाट राजीनामा

काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका गभर्नरले पनि राजीनामा दिएका छन् । पदबाट राजीनामा दिएको जानकारी उनले ट्वीटर मार्फत् दिएका छन् । मन्त्रीहरुको सामूहिक राजीनामाको सन्दर्भमा आफूले पनि राष्ट्रपति समक्ष राजीनामा बुझाएको केन्द्रीय बैंकका गभर्नर अजिथ निभार्ड कबरालले जनाएका छन् । यसअघि श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।

चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकार विरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ । कर्फ्यु समेत उल्लंघन गर्दै नागरिकहरु प्रदर्शनमा उत्रिए लगत्तै प्रधानमन्त्री बाहेक सरकारका सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

सन् १९४८ मा ब्रिटेन बाट स्वतन्त्र भएयताकै खराब आर्थिक स्थिति बाट श्रीलंका गुज्रिरहेको छ । डलरको कमीका कारण श्रीलंकाले अत्यावश्यक खाद्यान्न, औषधि, इन्धन लगायतका वस्तु समेत आयात गर्न सकेको छैन । यसअघि कपि र मसी किन्ने पैसा अभावका कारण विद्यालयको परीक्षा स्थगित गरिएको छ । पेट्रोल पम्प र खाद्यान्न पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।

 

 

footer