विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीलंकाका गभर्नरले पनि दिए पदबाट राजीनामा

663
shares

काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका गभर्नरले पनि राजीनामा दिएका छन् । पदबाट राजीनामा दिएको जानकारी उनले ट्वीटर मार्फत् दिएका छन् । मन्त्रीहरुको सामूहिक राजीनामाको सन्दर्भमा आफूले पनि राष्ट्रपति समक्ष राजीनामा बुझाएको केन्द्रीय बैंकका गभर्नर अजिथ निभार्ड कबरालले जनाएका छन् । यसअघि श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।

चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकार विरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ । कर्फ्यु समेत उल्लंघन गर्दै नागरिकहरु प्रदर्शनमा उत्रिए लगत्तै प्रधानमन्त्री बाहेक सरकारका सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

सन् १९४८ मा ब्रिटेन बाट स्वतन्त्र भएयताकै खराब आर्थिक स्थिति बाट श्रीलंका गुज्रिरहेको छ । डलरको कमीका कारण श्रीलंकाले अत्यावश्यक खाद्यान्न, औषधि, इन्धन लगायतका वस्तु समेत आयात गर्न सकेको छैन । यसअघि कपि र मसी किन्ने पैसा अभावका कारण विद्यालयको परीक्षा स्थगित गरिएको छ । पेट्रोल पम्प र खाद्यान्न पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports