kumari
stcnepal

गठबन्धनले स्थानीय तह निर्वाचनका विषयमा तालमेल बारे निर्णय गरेर पठाउने म्याद थप गर्यो

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका विषयमा तालमेल बारे निर्णय गरेर पठाउने म्याद थप गरेको छ ।

सत्तारुढ गठबन्धन परिचालन अनुगमन समितिको बैठकले जिल्लास्तरमा कुन पालिकामा कुन दलको उम्मेदवार रहने भन्ने विषय टुंग्याएर सिफारिस गर्ने समय थप गर्ने निर्णय गरेको एक नेताले बताए ।

यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैत सम्मको समय दिइएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनले स्थानीय तह निर्वाचनको विषयमा सोमबार संयुक्त अपिल जारी गर्ने निर्णय पनि गरेको छ । सत्तारुढ गठबन्धनको बैठक सोमबार विहान ९ बजे बस्नेछ ।

 

 

footer