kumari
stcnepal

भोली प्रधानमन्त्री देउवाले मेलम्चीको सुरुङमा पानी परिक्षणका लागि पठाउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी परिक्षणका लागि पठाउने भएका छन् । गत असारमा आएको बाढी पहिरोले क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना स्थलको मर्मत भएपछि फेरी काठमाडौंमा पानी ल्याउन परिक्षण गर्न लागिएको हो ।

बाढी पहिरोले पु¥याएको क्षतिलाई ३ महिना लगाएर मर्मत गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख बासुदेव पौड्यालले  जानकारी दिए । उनले भने–‘हामीले अस्थायी बाँध बाँधेका छौं, भोली सुरुङमा पानी पठाएर परिक्षण गर्न लागिएको हो । त्यसका लागि प्रधानमन्त्री मेलम्ची जाने कार्यक्रम रहेको छ ।’ प्रधानमन्त्री देउवाले बिहान सुन्दरीजलमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्ने र दिउसो मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलमा गएर पानी पठाउने कार्यक्रम राखिएको छ ।

यस वर्षको वर्षायामको बाढी पहिरोले आयोजना स्थलमा असर गरेपछि सरकारले चैत मसान्त सम्म मर्मत गरेर काठमाडौंमा पानी ल्याउने योजना बनाएर काम गरेको थियो । बाढी र पहिरोको कारण आयोजना स्थललाई माथिल्लो भाग देखि आएको ग्रेग्यानले ढाकेको थियो । आयोजना स्थलमा थुप्रिएको ग्रेग्यान हटाउने र अस्थायी बाँध बनाएपछि पुन काठमाडौंका लागि पठाउन लागिएको हो । गत वैशाखमा उद्घाटन भएपछि झन्डै २ महिना परिक्षणका रुपमा मेलम्ची बाट काठमाडौंमा पानी ल्याइएको थियो ।

 

 

footer