kumari
stcnepal

अर्थमन्त्री शर्मा हट्ने पुन वा श्रेष्ठ दुई मध्ये एक अर्थमन्त्री बन्दै

 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रीबाट हटाएर अर्थमन्त्रालयमा नयाँ मन्त्री ल्याउनुपर्ने प्रस्ताव गठबन्धनमा उठेपछि सत्तारुढ दलमा आन्तरिक छलफल सुरु भएको छ ।सत्तारुढ दलका शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक आज मंगलबार ४ बजे बोलाइएकाले त्यसअघि दलहरुले यो विषयमा कसरी जाने भनेर छलफल गरिरहेका छन् ।

गठबन्धनमा अर्थमन्त्री जनार्दन शर्मालाई परिवर्तन गर्न कांग्रेस नेताहरुले प्रस्ताव गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी बैठकमा कांग्रेस नेताहरुले सोमबार नै यो प्रस्ताव राखेका थिए ।

बैठकमा कांग्रेस नेताहरुले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई, ‘अर्थमन्त्री तपाईंको पार्टीका हुनुहुन्छ, प्रधानमन्त्रीले सीधै परिवर्तन गर्न पनि मिलेन । किनकि यो गठबन्धन सरकार हो । उहाँलाई फिर्ता बोलाएर अर्को व्यक्तिलाई अर्थमन्त्रीमा तत्काल पठाउनुस्’, भनेका थिए ।

बैठकमा माओवादी अध्यक्ष दाहालले पनि अहिले अर्थमन्त्रीमात्रै भन्दा पनि केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नभएकाले परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राख्दै पार्टीभित्र छलफल गर्ने बताएका थिए । माओवादीका केही नेताहरुले सोमबारदेखिनै यस विषयमा आन्तरिक छलफल गरिहेका छन् ।

कांग्रेस र नेकपा एकिकृत समाजवादीमा पनि अर्थमन्त्रीका विषयमा छलफल भइरहेको छ । माओवादी बाहेका गठबन्धनमा रहेका दल अर्थमन्त्री परिवर्तन गर्नुपर्ने पक्षमा पुगेको बताइएको छ ।अर्थमन्त्री शर्मालाई हटाएर माओवादी केन्द्रका अध्यक्षले पुष्पकमल दाहालले वर्षमान पुन वा नारायण काजी श्रेष्ठलाई अर्थमन्त्री बनाउने
सम्भावना रहेको गठवन्धनका एक नेताले बताएका छन् ।

footer