kumari
stcnepal

वैशाख ९ गते एमालेले स्थानीय तहको निर्वाचनमा दुई किसिमका घोषणापत्र जारी गर्ने

काठमाडौं। नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ । मंगलवार पार्टीका नेताहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हक्का राखेर प्रतिवद्धता जारी गर्नुपर्ने बताए ।

उनले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुराको ध्यान राखेर यसपटक नेकपा एमालेले गर्ने काम जनताले बुझ्ने गरेर निर्वाचनमा राख्ने बताए । उनले यस पटक नेकपा एमालेले जारी गर्ने स्थानीय तहको निर्वाचनको घोषणापत्र दुई किसिमका हुने जानकारी दिए ।उनले केन्द्र बाट जारी गरिने घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसके पछि र स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसके पछि कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने बारेको रहने घोषणापत्र रहने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रिय तह बाट जारी गरिने घोषणात्रकै आधारमा ७५३ वटा नै पालिकाले प्रतिवद्धता पत्र जारी गर्ने पनि बताए । उनले भने, ‘हामी स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारी गर्ने पिकमा छौँ । किनभने ९ गते हामी जारी गर्दैछौँ । हाम्रा घोषणाहरु दुई किसिमका हुनेछन् यसपटक । एउटा केन्द्र बाट जारी गरिनेछ, त्यो घोषणा पत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्दछ ? त्यो प्रतिवद्धता पत्र पनि वैशाख ९ गते नै जारी गरिनेछ ।’वरिष्ठ उपाध्यक्ष पोखरेलले घोषणापत्र र पतिवद्धता जारी गर्दा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा गरिने प्रतिवद्धताहरुको फरक ठाउँ भएकोले छ्यासमिस गर्न नहुने बताए ।

 

 

footer