kumari
stcnepal

गाली शिरोमणी बन्ने होडमा नेताहरु

 

पार्टी सत्तामा पुग्नुलाई मात्र उपलब्धिलाई मानिनु किमार्थ उपयुक्त हुन सक्दैन । सत्तालाई प्रत्यक्षरुपमा जनतासँग जोड्न सकेमात्र त्यसलाई उपलब्धि मानिनु पर्दछ तर पछिल्लो समयमा त्यस्तो हुन सकेको छैन । राजनितिक दलहले जसरी भएपनि सत्तामा पुग्ने र सत्तामा पुगेपछि जनताका हकहित विरोधी कार्य गर्ने भएका हुनाले जुनसुकै पार्टी सत्तामा पुगेपनि सत्तामा पुगेको एक महिना भित्रै सरकारको विरोध हुदै आएको छ । राजनितिक दलका शिर्ष नेताहरु पछिल्लो समयमा एक अर्का विरुद्ध गालि गलैजामा उत्रिन थालेका छन् । नेताहरु गाली गलैजामा उत्रिए पछि तिनै शिर्ष नेताहरु कै कार्यकर्ताहरु पनि अर्को दलका विरुद्ध गाली गलैजामा उभिएर जनताको नजरमा गिर्दै गएका छन् । प्रधानमन्त्री भई सकेका र पार्टी अध्यक्षहरु नै गाली गलैजामा उत्रिएपछि आफ्ना नेतालाई खुुसी पार्न कार्यकर्ताहरु पनि लागि परेका हुनाले एक किसिमको जनतामा निरास आएको छ । गाली शिरोमणी बन्ने रहर नेताहरुलाई लागेको हुनाले कार्यकर्ताहरु पनि त्यही वाटोमा हिड्न थालेका हुनाले राजनितिक क्षेत्र नै फोहोर र दुर्गन्धित बन्दै गएको छ ।

नेताहरु गाली गलैजामा उत्रिए पछि तिनै शिर्ष नेताहरु कै कार्यकर्ताहरु पनि अर्को दलका विरुद्ध गाली गलैजामा उभिएर जनताको नजरमा गिर्दै गएका छन् ।

नेकपा एमाले विभाजन हुनु भन्दा पहिला नेताहरुमा यती गाली गलैजा सुनिएको थिएन तर पार्टी विभाजन भईसकेपछि गाली गलैजा गिरोमणी बन्ने रहर कम्युनिष्ठ नेताहरुलाई जागेको छ । २०७४ साल पछिको चुनावमा पार्टीका नेता गणेशमान सिंहको अवस्था पनि त्यस्तै रहेको थियो । उनको असन्तुष्ठी र विवाद गिरीजा प्रसाद कोइराला सँग मात्र थिएन । पार्टी सभापति कृष्णप्रसाद भट्टराइसँग पनि थियो । त्यो विवाद अन्त्य गर्न नसक्दा नेपालको संसदीय प्रणाली नै अवरुद्ध भएको इतिहास साक्षी रहेको छ । त्यही कारणले राजनितिक दुर्घटना भएको थियो । त्यस्को निरन्तरता आजसम्म पनि जारी रहेको छ । त्यही कारणले नेकपा एमाले विभाजन भएको छ । तत्कालीन नेकपा कम्युनिष्ठ पार्टी निर्माण गर्दा नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएका थिए । त्यो एकीकरण नै गलत भएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको स्वार्थ अनुरुप भएकाले नेकपा निर्माण भएपनि दाहालको स्वार्थ पुरा नभएकाले नेकपा भीत्र विवाद उत्पन्न भएको थियो ।

२०७७ साल कात्र्तिक २८ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाका पहिलो नम्वरका अध्यक्ष एव् प्रधानमन्त्री केपी ओली माथी लगाएको १९ वुदे संगीन आरोप नै पार्टी विभाजनको मुख्य आधार बन्न पुगेको छ । त्यही आरोपका आधारमा पार्टी अध्यक्ष ओलीलाई एकल्याउने र पार्टीको साधारण सदस्यवाट समेत हटाउने निणर्य दाहाल र माधव नेपालले गरेका हुनाले ओली र नेपाल एकै ठाउँमा बस्न सक्ने अवस्था नै रहेन । २०७७ साल फागुन २८ गते सर्वोच्च अदालतले तत्कालीन नेकपाको दर्ता नै खारेज गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा आएपनि त्यही बेला देखि माधव नेपाल पार्टी विभाजन गरेर अध्यक्ष बन्न् चाहिरहेका थिए । किन कि उनलाई नेकपाको दर्ता खारेज नै नभएको अवस्थामा पुष्पकमल दाहालले सडकवाटै उनलाई अध्यक्ष वनाईदिएका थिए । आफुलाई सडकवाटै अध्यक्ष बनाई दिएपछि माधव नेपाल त्यो भन्दा तल झर्न चाहदैन थिए । त्यही कारण उनले पार्टी विभाजन गराएका हुन् ।

पुष्पकमल दाहालले सडकवाटै उनलाई अध्यक्ष वनाईदिएका थिए । आफुलाई सडकवाटै अध्यक्ष बनाई दिएपछि माधव नेपाल त्यो भन्दा तल झर्न चाहदैन थिए । त्यही कारण उनले पार्टी विभाजन गराएका हुन् ।

 

पार्टी विभाजन पछि एमालेका अध्यक्ष केपी ओली र माधव नेपाल विचको गाली शिरोमणीको बन्ने भने होडवाजी नै चलेको छ । एकले अर्कोलाई गाली गलैजा गरी रहेका वेला पुष्पकमल दाहाल पनि गाली शिरमोणी बन्ने दाउमा लागेका छन् । उनले नेकपा अध्यक्ष केपी ओलीलाई गाली गलैजा गर्दै अनेक आरोपहरु लगाउदै आएका छन् । माधव नेपाल र ओली नेकपा एमालेकै भएकाले उनीहरु वीचमा गाली गलैजा भएपनि अर्को पार्टीका अध्यक्षलाई गाली गलैजा गर्नु दाहालको नियत माथी नै शंका गर्ने ठाँउ देखिएको छ । नेकपा एमाले विभाजित भएपछि प्राय सबै भाषणमा दाहालले माधव नेपालको पार्टी बनाईदिन आफुले ठूलो मिहिनेत गरेको भन्दै भाषण गरिरहेका हुनाले पार्टी विभाजन कर्ता दाहाल नै भएको प्रमाणीत भएको छ ।

प्राय सवैको पार्टीका नेताहरुको भाषण पछिल्लो समयमा एकअर्का विरुद्ध गाली गलैजा र तुकहिन आरोपको रुपमा आएका छन् । कतिपयले आफ्नै व्यक्तिगत कुन्ठा र पिडा बोक्ने तल्लो तहमा उत्रिएर अर्कालाई खिस्सीटिउरी गर्ने गरेका छन् । कसैको बोलीमा आफ्नो असफलता र ईष्र्यामिश्रित आक्रोश पनि झल्कने गरेको छ । यी सबै कार्यबाट मुलत समाजमा घृणा फैलाउने नेताहरुवाट भईरहेको छ । कतिपय नेताहरुका हावादारी कुराले गर्दा जनतालाई आफ्नो पक्षमा पार्न दिभ्रमित हावादारी र हनै नसकेको बोलीरहेका छन् । पछिल्लो समयमा सम्रगमा भन्नुपर्दा मञ्च र माइक पाएपछि जे पनि वोल्ने प्रवृतिले गर्दा जनताले नेताहरुलाई पत्याउन छाडेका छन् । साथीभाईहरुसँग कुरा गर्दा पनि उनिहरुले नेताहरुले बोले झै नवोल्न भन्ने समेत गर्न थालेको हुनाले नेताहरुको वजन क्रमसँग घट्दै गएको छ ।
यसैपनि अहिले राजनितिक र त्यस्मापनि राजनितिक नेताहरु प्रति आम रुपमा जनतामा वितृष्णा छाउन थालेको छ । त्यस्को एउटै कारण हो राजनितिक दलका नेताहरुले झुठो बोल्नु एकले अर्कोलाई गाली गलैजामा उत्रन र जनतामा वितृष्ण बढ्नुको कारण हो । व्यक्तिगत स्वार्थमा लाग्नु एकले अर्कोलाई गाली गलैजामा उत्रनु र आफ्नो दलका त्यस्मा पनि आफु पक्षिय नेता र कार्यकर्तालाई मात्र खुसी पार्नु खोज्नुले नेताहरुको वजन घट्ने र त्यस्ता नेताहरुप्रति जनतामा वितृष्ण बढ्ने भएकाले तत्काल गाली गलैजा वन्द गरी जनताको पक्षमा उनीहरु लाग्न सकेमात्र उनीहरुको भविष्य रहन्छ भन्ने हामीले ठानेका छौ ।

footer