तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गाली शिरोमणी बन्ने होडमा नेताहरु

806
shares

 

पार्टी सत्तामा पुग्नुलाई मात्र उपलब्धिलाई मानिनु किमार्थ उपयुक्त हुन सक्दैन । सत्तालाई प्रत्यक्षरुपमा जनतासँग जोड्न सकेमात्र त्यसलाई उपलब्धि मानिनु पर्दछ तर पछिल्लो समयमा त्यस्तो हुन सकेको छैन । राजनितिक दलहले जसरी भएपनि सत्तामा पुग्ने र सत्तामा पुगेपछि जनताका हकहित विरोधी कार्य गर्ने भएका हुनाले जुनसुकै पार्टी सत्तामा पुगेपनि सत्तामा पुगेको एक महिना भित्रै सरकारको विरोध हुदै आएको छ । राजनितिक दलका शिर्ष नेताहरु पछिल्लो समयमा एक अर्का विरुद्ध गालि गलैजामा उत्रिन थालेका छन् । नेताहरु गाली गलैजामा उत्रिए पछि तिनै शिर्ष नेताहरु कै कार्यकर्ताहरु पनि अर्को दलका विरुद्ध गाली गलैजामा उभिएर जनताको नजरमा गिर्दै गएका छन् । प्रधानमन्त्री भई सकेका र पार्टी अध्यक्षहरु नै गाली गलैजामा उत्रिएपछि आफ्ना नेतालाई खुुसी पार्न कार्यकर्ताहरु पनि लागि परेका हुनाले एक किसिमको जनतामा निरास आएको छ । गाली शिरोमणी बन्ने रहर नेताहरुलाई लागेको हुनाले कार्यकर्ताहरु पनि त्यही वाटोमा हिड्न थालेका हुनाले राजनितिक क्षेत्र नै फोहोर र दुर्गन्धित बन्दै गएको छ ।

नेताहरु गाली गलैजामा उत्रिए पछि तिनै शिर्ष नेताहरु कै कार्यकर्ताहरु पनि अर्को दलका विरुद्ध गाली गलैजामा उभिएर जनताको नजरमा गिर्दै गएका छन् ।

नेकपा एमाले विभाजन हुनु भन्दा पहिला नेताहरुमा यती गाली गलैजा सुनिएको थिएन तर पार्टी विभाजन भईसकेपछि गाली गलैजा गिरोमणी बन्ने रहर कम्युनिष्ठ नेताहरुलाई जागेको छ । २०७४ साल पछिको चुनावमा पार्टीका नेता गणेशमान सिंहको अवस्था पनि त्यस्तै रहेको थियो । उनको असन्तुष्ठी र विवाद गिरीजा प्रसाद कोइराला सँग मात्र थिएन । पार्टी सभापति कृष्णप्रसाद भट्टराइसँग पनि थियो । त्यो विवाद अन्त्य गर्न नसक्दा नेपालको संसदीय प्रणाली नै अवरुद्ध भएको इतिहास साक्षी रहेको छ । त्यही कारणले राजनितिक दुर्घटना भएको थियो । त्यस्को निरन्तरता आजसम्म पनि जारी रहेको छ । त्यही कारणले नेकपा एमाले विभाजन भएको छ । तत्कालीन नेकपा कम्युनिष्ठ पार्टी निर्माण गर्दा नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएका थिए । त्यो एकीकरण नै गलत भएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको स्वार्थ अनुरुप भएकाले नेकपा निर्माण भएपनि दाहालको स्वार्थ पुरा नभएकाले नेकपा भीत्र विवाद उत्पन्न भएको थियो ।

२०७७ साल कात्र्तिक २८ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाका पहिलो नम्वरका अध्यक्ष एव् प्रधानमन्त्री केपी ओली माथी लगाएको १९ वुदे संगीन आरोप नै पार्टी विभाजनको मुख्य आधार बन्न पुगेको छ । त्यही आरोपका आधारमा पार्टी अध्यक्ष ओलीलाई एकल्याउने र पार्टीको साधारण सदस्यवाट समेत हटाउने निणर्य दाहाल र माधव नेपालले गरेका हुनाले ओली र नेपाल एकै ठाउँमा बस्न सक्ने अवस्था नै रहेन । २०७७ साल फागुन २८ गते सर्वोच्च अदालतले तत्कालीन नेकपाको दर्ता नै खारेज गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा आएपनि त्यही बेला देखि माधव नेपाल पार्टी विभाजन गरेर अध्यक्ष बन्न् चाहिरहेका थिए । किन कि उनलाई नेकपाको दर्ता खारेज नै नभएको अवस्थामा पुष्पकमल दाहालले सडकवाटै उनलाई अध्यक्ष वनाईदिएका थिए । आफुलाई सडकवाटै अध्यक्ष बनाई दिएपछि माधव नेपाल त्यो भन्दा तल झर्न चाहदैन थिए । त्यही कारण उनले पार्टी विभाजन गराएका हुन् ।

पुष्पकमल दाहालले सडकवाटै उनलाई अध्यक्ष वनाईदिएका थिए । आफुलाई सडकवाटै अध्यक्ष बनाई दिएपछि माधव नेपाल त्यो भन्दा तल झर्न चाहदैन थिए । त्यही कारण उनले पार्टी विभाजन गराएका हुन् ।

 

पार्टी विभाजन पछि एमालेका अध्यक्ष केपी ओली र माधव नेपाल विचको गाली शिरोमणीको बन्ने भने होडवाजी नै चलेको छ । एकले अर्कोलाई गाली गलैजा गरी रहेका वेला पुष्पकमल दाहाल पनि गाली शिरमोणी बन्ने दाउमा लागेका छन् । उनले नेकपा अध्यक्ष केपी ओलीलाई गाली गलैजा गर्दै अनेक आरोपहरु लगाउदै आएका छन् । माधव नेपाल र ओली नेकपा एमालेकै भएकाले उनीहरु वीचमा गाली गलैजा भएपनि अर्को पार्टीका अध्यक्षलाई गाली गलैजा गर्नु दाहालको नियत माथी नै शंका गर्ने ठाँउ देखिएको छ । नेकपा एमाले विभाजित भएपछि प्राय सबै भाषणमा दाहालले माधव नेपालको पार्टी बनाईदिन आफुले ठूलो मिहिनेत गरेको भन्दै भाषण गरिरहेका हुनाले पार्टी विभाजन कर्ता दाहाल नै भएको प्रमाणीत भएको छ ।

प्राय सवैको पार्टीका नेताहरुको भाषण पछिल्लो समयमा एकअर्का विरुद्ध गाली गलैजा र तुकहिन आरोपको रुपमा आएका छन् । कतिपयले आफ्नै व्यक्तिगत कुन्ठा र पिडा बोक्ने तल्लो तहमा उत्रिएर अर्कालाई खिस्सीटिउरी गर्ने गरेका छन् । कसैको बोलीमा आफ्नो असफलता र ईष्र्यामिश्रित आक्रोश पनि झल्कने गरेको छ । यी सबै कार्यबाट मुलत समाजमा घृणा फैलाउने नेताहरुवाट भईरहेको छ । कतिपय नेताहरुका हावादारी कुराले गर्दा जनतालाई आफ्नो पक्षमा पार्न दिभ्रमित हावादारी र हनै नसकेको बोलीरहेका छन् । पछिल्लो समयमा सम्रगमा भन्नुपर्दा मञ्च र माइक पाएपछि जे पनि वोल्ने प्रवृतिले गर्दा जनताले नेताहरुलाई पत्याउन छाडेका छन् । साथीभाईहरुसँग कुरा गर्दा पनि उनिहरुले नेताहरुले बोले झै नवोल्न भन्ने समेत गर्न थालेको हुनाले नेताहरुको वजन क्रमसँग घट्दै गएको छ ।
यसैपनि अहिले राजनितिक र त्यस्मापनि राजनितिक नेताहरु प्रति आम रुपमा जनतामा वितृष्णा छाउन थालेको छ । त्यस्को एउटै कारण हो राजनितिक दलका नेताहरुले झुठो बोल्नु एकले अर्कोलाई गाली गलैजामा उत्रन र जनतामा वितृष्ण बढ्नुको कारण हो । व्यक्तिगत स्वार्थमा लाग्नु एकले अर्कोलाई गाली गलैजामा उत्रनु र आफ्नो दलका त्यस्मा पनि आफु पक्षिय नेता र कार्यकर्तालाई मात्र खुसी पार्नु खोज्नुले नेताहरुको वजन घट्ने र त्यस्ता नेताहरुप्रति जनतामा वितृष्ण बढ्ने भएकाले तत्काल गाली गलैजा वन्द गरी जनताको पक्षमा उनीहरु लाग्न सकेमात्र उनीहरुको भविष्य रहन्छ भन्ने हामीले ठानेका छौ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports