kumari
stcnepal

वर्षाले रोकिएको खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई २१ रनले पराजित गर्यो

काठमाडौँ । विश्वकप क्रिकेटको महत्वपूर्ण खेलमा वर्षाले रोकिएको खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई २१ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४०१ रन बनाएको थियो ।

जवाफमा पाकिस्तानले २५.३ ओभरमा एक विकेट गुमाएर २०० रन बनाए पनि वर्षाले दोस्रो पटक खेल अवरुद्ध गरेको थियो । त्यसपछि अम्पायरहरूले डकवर्थ लुइस नियमका आधारमा पाकिस्तानलाई विजयी घोषणा गरेका थिए। यससँगै सेमिफाइनलको दौड पनि निकै रोमाञ्चक बनेको छ किनभने ४०१ रन बनाएको न्युजिल्यान्डको टोलीलाई पराजित गर्दै पाकिस्तानले अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ ।

footer