kumari
stcnepal

टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदै

 

काठमाडौँ । आज दिउँसो पौने चार बजे दुबईमा न्युजिल्यान्ड र स्कटल्यान्ड तथा बेलुका पौने आठ बजे आबुधाबीमा भारत र अफगानिस्तान खेल्दैछन् ।सेमिफाइनलमा पुग्न न्युजिल्यान्डका लागि यो खेल महत्त्वपूर्ण छ । समूह दुईबाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ ।

यस्तै भारत पनि सेमिफाइनल पुग्ने झिनो सम्भावना कायम राख्न आजको खेल ठूलो अन्तरले जित्नैपर्ने दबाबमा छ । भारत पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो ।

भारतले अफगानिस्तानसँगै नामिबिया र स्कटल्यान्डलाई समेत ठूलो अन्तरले हराउन पर्छ । अफगानिस्तान समूह दुईको दोस्रो स्थानमा छ ।

footer