kumari
stcnepal

मिचेल मार्सको शानदार शतकको मद्दतले अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गर्यो

पुणे । मिचेल मार्सको शानदार शतकको मद्दतले अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको ३ सय ७ रनको लक्ष्य अस्ट्रेलियाले ४४.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो ।

मार्सले नटआउट रहँदै १ सय ३२ बलमा १ सय ७७ रन बनाए । उनले यसक्रममा १७ चौका र ९ छक्का हिर्काए । उनलाई पूर्वकप्तान स्टिभ स्मिथले ६३ रन बनाउँदै अन्तिमसम्म साथ दिए । ओपनर डेभिड वार्नरले ५३ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ६ रन बनाएको थियो । बंलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ७४ रनको पाली खेले । उनले ७९ बलमा पाँच चौका र २ छक्का हिर्काए ।

footer