kumari
stcnepal

सुदूरपश्चिम सरकारले तिन जना क्रिकेट खेलाडीलाई १६ लाख रूपैयाँ पुरस्कार दिने

काठमाडौँ – सुदूरपश्चिम सरकारले तीन जना क्रिकेट खेलाडीलाई १६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

सुदूरपश्चिमबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा प्रतिनिधित्व गर्ने दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई सुदूरपश्चिम प्रदेश सरकारले १६ लाख रुपैयाँ पुरस्कार दिन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

जसमा दीपेन्द्रले ६ लाख तथा विनोद र सन्दीपले ५/५ लाख रुपैयाँ पुरस्कार पाउने छन्। नेपाललाई आगामी वर्ष हुने टी–२० विश्वकपमा पुर्‍याउन सफल भएकोमा तीनैजनालाई ५/५ लाख रुपैयाँ पुरस्कार प्रदान गर्न लागिएको हो। यस्तै, एसियाली खेलकुदमा विश्व रेकर्ड बनाउने दीपेन्द्रलाई थप एक लाख रुपैयाँ प्रदान गरिने छ। दीपेन्द्रले चीनमा भएको एसियाली खेलकुदमा मंगोलिया विरुद्ध ९ बलमा अर्धशतक पूरा गर्दै विश्व रेकर्ड कायम गरेका थिए।

 

footer