kumari
stcnepal

घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई

काठमाडौं । ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

उसका लागि हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

footer