kumari
stcnepal

टी–२० सिरिजमा भारतलाई ३–१ को अग्रता

रायपुर । चौथो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई २० रनले पराजित गरेको छ । अस्ट्रेलियालाई रायपुरमा हराएपछि भारतले टी–२० सिरिजमा पनि ३–१ को अग्रता बनाउँदै कब्जा जमाएको छ । योसँगै टोलीले सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान पनि बनाएको छ । पाकिस्तानलाई पछि पार्दै भारतले आफ्नो १३६ औँ टी-२० जितेको हो । टी–२० मा बराबरी खेले पनि अब सुपर ओभरबाटै नतिजा तय हुन्छ । ती नतिजाहरू पनि जोडिएमा भारतले अहिलेसम्म १३९ र पाकिस्तानले १३६ टी–२० खेल जितेका छन् ।

भारत आफ्नो घरेलु मैदानमा १४ टी–२० सिरिजमा अपराजित छ । टोलीको अन्तिम पराजय सन् २०१९ मा अस्ट्रेलियासँग भएको थियो, जब अस्ट्रेलिया २–० ले विजयी भएको थियो। शुक्रबारको खेलमा भारतीय टोलीले प्रस्तुत गरेको १७५ रनको लक्ष्यको जवाफमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ३६ रनको योगदान दिए भने ट्राभिस हेडले ३१ तथा म्याथ्यु सर्टले २२ रन बनाए । प्लेयर अफ द म्याच घोषित अक्षर पटेलले ३ तथा दीपक चाहरले २ विकेट लिए ।

footer