kumari
stcnepal

भारतलाई पराजित गर्दै बंगलादेश यु-१९ एसिया कपको फाइनलमा प्रवेश

काठमाडौँ – युएईमा जारी यू–१९ एसियाकप क्रिकेटमा भारतलाई पराजित गर्दै बंगलादेश फाइनल प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा बंगलादेशले भारतलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो। मध्यम लक्ष्य पछ्याएको बंगंलादेशका लागि अरिफलु इस्लामले सर्वाधिक ९४ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, अह्रर अमिन ४४ रनमा अविजित रहँदा चौधुर एमडी रिजवानले १३ रन बनाएका थिए। भारतका नमन तिवारीले ३ विकेट लिँदा राज लिम्बानीले २ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले खराब सुरुवात गरे पनि मध्यक्रमले केही सम्हालेको थियो। तर उसले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेन। ६१ रन बनाउँदा ६ विकेट गुमाएको भारतका लागि मुसिर खान र मुर्गन अभिसेकले सातौं विकेटका लागि ८४ रनको साझेदारी गर्दै टिमको सर्मनाक स्कोरलाई केही प्रतिस्पर्धात्मक बनाएका थिए। भारतक लागि मुसिर खानले ५० रन बनाउँदा मुर्गन अभिसेकले ६२ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा प्रियन्सु मोलियाले १९, सचिन दासले १६ र राज लिम्बानीले ११ रन बनाए।

बंगलादेशका लागि मरुफ मृधाले ४ विकेट लिँदा रोहनत बोर्सन र शेख प्रभेज जिवनले समान २–२ विकेट लिए। त्यस्तै, महफजुर रबीले १ विकेट हात पारेका थिए।

footer