kumari
stcnepal

एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्यो

काठमाडौं । एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पहिलो सेट जितेको एपीएफमाथि पछिल्लो ३ सेट जित्दै पुलिसले उपाधि आफ्नो नाममा गरेको हो ।

एपिएफमाथि २२–२५, २५–१९, २५–१८ र २५–२३ ले जित्दै पुलिसले च्याम्पियनमा आफ्नो नाम सारेको हो । नवौं राष्ट्रिय खेलकुदको उपाधी विजेता एपीएफ प्रतियोगिताभर अपराजित रहे पनि फाइनलमा हार्दै उपविजेतामा सिमित बन्यो ।

समुह ए मा रहेका यी दुवै टिममध्ये एपिएफ लिग चरणमा समुह विजेता बन्दै सेमिफाइनल पुगेको थियो । त्यस्तै पुलिस भने उपविजतोको रुपमा आएको थियो । लिग चरणमा एपिएफसँग हारेको पुलिसले उपाधी जित्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यसअघि आज भएको तेस्रो स्थानको खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको थियो ।

प्रतियोगिताका व्यक्तिगत पुरस्कार

सर्वोत्कृष्ट खेलाडी : रविन चन्द (नेपाल पुलिस क्लब)
उदयीमान : पहल गहतराज (नेपाल पुलिस)
उत्कृष्ट स्पाइकर : हेमन्त मल्ल (एपीएफ क्लब)
उत्कृष्ट सेटर : इमबहादुर राना (नेपाल पुलिस क्लब)
ब्लकर : रविन नगरकोटी (नेपाल पुलिस क्लब)
उत्कृष्ट सर्भर : जीवन सुनार (गण्डकी प्रदेश)
लिवेरो : भीम बहादुर गाहा (नेपाल पुलिस क्लब)
उत्कृष्ट प्रशिक्षक : चन्द्र कुँवर (नेपाल पुलिस)

footer