नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्यो

663
shares

काठमाडौं । एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पहिलो सेट जितेको एपीएफमाथि पछिल्लो ३ सेट जित्दै पुलिसले उपाधि आफ्नो नाममा गरेको हो ।

एपिएफमाथि २२–२५, २५–१९, २५–१८ र २५–२३ ले जित्दै पुलिसले च्याम्पियनमा आफ्नो नाम सारेको हो । नवौं राष्ट्रिय खेलकुदको उपाधी विजेता एपीएफ प्रतियोगिताभर अपराजित रहे पनि फाइनलमा हार्दै उपविजेतामा सिमित बन्यो ।

समुह ए मा रहेका यी दुवै टिममध्ये एपिएफ लिग चरणमा समुह विजेता बन्दै सेमिफाइनल पुगेको थियो । त्यस्तै पुलिस भने उपविजतोको रुपमा आएको थियो । लिग चरणमा एपिएफसँग हारेको पुलिसले उपाधी जित्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यसअघि आज भएको तेस्रो स्थानको खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको थियो ।

प्रतियोगिताका व्यक्तिगत पुरस्कार

सर्वोत्कृष्ट खेलाडी : रविन चन्द (नेपाल पुलिस क्लब)
उदयीमान : पहल गहतराज (नेपाल पुलिस)
उत्कृष्ट स्पाइकर : हेमन्त मल्ल (एपीएफ क्लब)
उत्कृष्ट सेटर : इमबहादुर राना (नेपाल पुलिस क्लब)
ब्लकर : रविन नगरकोटी (नेपाल पुलिस क्लब)
उत्कृष्ट सर्भर : जीवन सुनार (गण्डकी प्रदेश)
लिवेरो : भीम बहादुर गाहा (नेपाल पुलिस क्लब)
उत्कृष्ट प्रशिक्षक : चन्द्र कुँवर (नेपाल पुलिस)

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports