kumari
stcnepal

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था गम्भीर

पूर्वअर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था निकै स्वास्थ्य अवस्था गम्भीर भएको छ ।  ८३ वर्षीय अधिकारीको स्वास्थ्यमा थप समस्या भएपछि उनलाई बिहीबारदेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा राखिएको छ।

अधिकारीकाे स्वास्थ्य अवस्थाबारे अस्पताले शनिबार जानकारी दिंदै सम्पूर्ण प्रयासका बावजुद उनलाई बचाउने सम्भावना न्यून रहेको जनाएकाे छ । श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या भएका अधिकारीलाई सम्भव भएसम्म सम्पूर्ण विधि अपनाउँदा समेत स्वास्थ्य अवस्था खस्किंदो स्थितीमा रहेको अस्पतालका मेडिकल डिरेक्टर डा. भाष्करराज पन्तले बताए ।

सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै गएपछि उनलाई कृतिम श्वासप्रश्वासको लागि भेन्टिलेटरमा राखिएको छ । बिगत २४ घण्टादेखि उनको पिसाब नभएको र रक्तचाप बढाउन औषधिहरु प्रयोग गरिएको अस्पतालद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । ।

footer