विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था गम्भीर

611
shares

पूर्वअर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था निकै स्वास्थ्य अवस्था गम्भीर भएको छ ।  ८३ वर्षीय अधिकारीको स्वास्थ्यमा थप समस्या भएपछि उनलाई बिहीबारदेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा राखिएको छ।

अधिकारीकाे स्वास्थ्य अवस्थाबारे अस्पताले शनिबार जानकारी दिंदै सम्पूर्ण प्रयासका बावजुद उनलाई बचाउने सम्भावना न्यून रहेको जनाएकाे छ । श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या भएका अधिकारीलाई सम्भव भएसम्म सम्पूर्ण विधि अपनाउँदा समेत स्वास्थ्य अवस्था खस्किंदो स्थितीमा रहेको अस्पतालका मेडिकल डिरेक्टर डा. भाष्करराज पन्तले बताए ।

सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै गएपछि उनलाई कृतिम श्वासप्रश्वासको लागि भेन्टिलेटरमा राखिएको छ । बिगत २४ घण्टादेखि उनको पिसाब नभएको र रक्तचाप बढाउन औषधिहरु प्रयोग गरिएको अस्पतालद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports