kumari
stcnepal

साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग भिड्दै

काठमाडौं ।  साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग भिड्दैछ । नेपाल र भारतबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको  थियो भने तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।

नेपालले ३ खेलबाट ७ अंक जोडेको छ। भारतले समान खेलबाट ६ अंक जोडेको छ । समान अंक भए पनि बंगलादेश गोलअन्तरका आधारमा नेपाल भन्दा पछाडि रहेको छ । नेपाल सहित भारत, भुटान, श्रीलंका र बंगलादेश गरी पाँच टोली सहभागी प्रतियोगिताका शीर्ष २ टोली फाइनल पुग्नेछन् ।

footer