सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग भिड्दै

533
shares

काठमाडौं ।  साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग भिड्दैछ । नेपाल र भारतबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको  थियो भने तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।

नेपालले ३ खेलबाट ७ अंक जोडेको छ। भारतले समान खेलबाट ६ अंक जोडेको छ । समान अंक भए पनि बंगलादेश गोलअन्तरका आधारमा नेपाल भन्दा पछाडि रहेको छ । नेपाल सहित भारत, भुटान, श्रीलंका र बंगलादेश गरी पाँच टोली सहभागी प्रतियोगिताका शीर्ष २ टोली फाइनल पुग्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports